Home » » चुम्बन गर्दा यौन रोग सर्छ ?

चुम्बन गर्दा यौन रोग सर्छ ?

म २६ वर्षीय विवाहित पुरुष हुँ। अहिले साउदी अरबमा काम गर्दै छु। मेरो ड्युटी राति हुन्छ। लगातार राति काम गर्दा यौनमा कत्तिको असर पर्छ? असर पर्छ भने यसका समाधान के–के छन्? यौन पार्टनर नहुँदा हस्तमैथुन गर्ने गरेको छु। यसले पछि कुनै असर गर्छ कि गर्दैन?
-एस

स्वस्थ जीवनका लागि सन्तुलित खाना, पर्याप्त आराम, यौन चाहनाको पूर्ति आवश्यक पर्छ। तपाईं विदेशमा काम गर्दै हुनुहुन्छ, त्यसमा पनि रातिको ड्युटी छ। तपाईंले आफ्नो स्वास्थ्य मेन्टेन गर्न पर्याप्त आराम पनि गर्नैपर्छ। कम्पनीले तपाईंलाई आरामको समय दिएकै होला। कम समयमै बढी पैसा कमाउने लोभले निद्रा मारेर लामो समय ओभरटाइम गर्नुभयो भने तपाईंको स्वास्थ्यमा गडबडी आउन सक्छ। स्वास्थ्य बिग्रन थालेपछि तपाईंको यौन स्वास्थ्य पनि कमजोर हुन थाल्छ। त्यसकारण काम सँगसँगै आराम पनि गर्नुहोला।

राति अबेरसम्म काम गर्दा यौन स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने तपाईंको जिज्ञासामा यति भन्न सकिन्छ, राति काम गरे पनि दिनभरि आराम गर्नुभएको छ र सुत्नु भएको छ भने यसले तपाईंको यौन स्वास्थ्यमा केही फरक पार्दैन। तर, निद्रा नै नलाग्ने, निद्राको औषधि सेवन गर्नुपर्ने अवस्था छ भने यसले चाहिँ यौन चाहनामा ह्रास ल्याउन सक्छ।

यौन पार्टनर नहुँदा हस्तमैथुन गरेर यौन चाहना पूरा गर्नु साह्रै सकारात्मक कुरा हो। यसले एचआईभीजस्ता रोगबाट बचाउनुका साथै तपाईंले विदेशी भूमिमा दुःख गरेर कमाएको पैसा पनि जोगाउँछ। विदेशी भूमिमा रगत–पसिना बगाएर कमाएको पैसा यौन चाहना मेट्न यौनकर्मीकहाँ गएर खर्च गर्न थालियो भने घरका लालाबाला भोकै पर्नेछन्। त्यसैले यौन चाहना मेट्न हस्तमैथुन गर्नु सोह्रै आना उपयुक्त हुन्छ।

अधिकांश मानिसमा हस्तमैथुनसम्बन्धी भ्रम रहेको हुन्छ। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। हस्तमैथुन गर्दा के–के न बिराएँ भनी चिन्ता गर्नुपर्दैन। हस्तमैथुनका नकारात्मक प्रभाव केही पनि छैनन्।

पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फुर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले ...धात सिन्ड्रोम' भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआईभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च–पिच्च थुकिरहे पनि मुख सुक्खा हुने गरी कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। हस्तमैथुनले यौनजीवनलाई कुनै असर गर्दैन।

चुम्बन गर्दा यौन रोग सर्छ? यौन रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय के हो?
–पी

चुम्बन गर्दा यौन रोग सर्दैन तर एकजनाको मुखभित्र घाउखटिरा ( हेर्पिस सिम्प्लेक्स) छ भने चुम्बनको हिस्सेदारलाई सर्न सक्छ। लिप किस, टङ किसबाट संक्रमण हुन सक्छ।

कसैलाई यौन रोग छ छैन भनेर उसको अनुहार र बानीबेहोराबाट थाहा पाउन सकिन्न। देख्दा ३२ लक्षणले युक्त देखिने मानिसलाई पनि यौन रोग हुन सक्छ। सुरक्षित सेक्स या यौन परहेज नै यौन रोगबाट बच्ने सबैभन्दा ठूलो उपाय हो। विश्वासिलो यौन साथीसँग मात्रै यौन व्यवहार गर्नुस्। जोशमा होश हराएर जीवन बर्बाद गर्ने मानिस यस संसारमा थुप्रै छन्। यौन रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय कुनै पनि हालतमा होश नहराउनु हो।

परिवार नियोजनको चक्की खाइरहेको बेलामा कन्डम पनि प्रयोग गर्नुपर्छ र? अनि, महिनावारी भएको बेला सम्भोग गर्नु सुरक्षित हुन्छ कि हुँदैन?
–एन

परिवार नियोजनको चक्कीले नचाहिने गर्भबाट बचाउँछ। त्यसैले कन्डम प्रयोग नगरे हुन्छ। तर, यौनसाथीप्रति त्यति विश्वास छैन भने कन्डम प्रयोग गर्नु बेस! कन्डमले यौन रोगबाट त बचाउँछ नै, अनावश्यक गर्भ रहनबाट पनि बचाउँछ।

महिनावारी भएको बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ। पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ। तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन। अझ, महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}