Home » » मधुमेह घटाउने यी घरेलु उपायबारे थाहा पाउनु एकदम जरुरि

मधुमेह घटाउने यी घरेलु उपायबारे थाहा पाउनु एकदम जरुरि

काठमाडौं । मधुमेह साधारणका साथै खतरनाक रोग हो । साधारण यसकारण हो किनभने खानालाई मिलाएर खाने, दैनिक व्यायाम गर्ने र औषधीको सेवन गर्ने हो भने मधुमेह रोगी साधारण मानिसले जस्तै आफ्नो जीवनयापन गर्न सक्छन् तर रोगलाई वास्ता नगरी असावधानी अपनाए यसले मानिसहरुको ज्यानै लिने खतरा हुन्छ त्यसकारण यो खतरनाक र साधारण दुबै रोग हो ।

आजकालको जीवनशैलीमा यो रोग तेज रुपमा बढिरहेको छ जसका कारण यो रोगका बिरामी हरेक घरमा पाइन थालेको छ । मधुमेहले मानिसको आँखा, दिमाग, मुटु आदिमा नराम्रो असर पार्ने गर्दछ । यो रोगको मुख्य कारण खानपिन ठिक तरिकाले नगर्नु र इन्सुलिनको कमीको कारणले हुने गर्दछ । थाहा पाउनुस्, मधुमेहलार्इ कन्ट्रोल गर्ने केही घरेलु उपायः

– तुलसी एक चमत्कारी बोट हो जुन हरेक रोगको लागि अमृत समान हुन्छ । तुलसीको पातमा अत्यधिक मात्रामा एन्टीअक्सीडेन्ट्स र आवश्यक तेल पाइन्छ जुन इन्सुलिनप्रति संवेदनशील बनाउनमा सहायक हुने गर्दछ । यसका लागि तुलसीको एक चम्चा रसलाई खाली पेटमा खाँदा ब्लड सुगरको मात्रालाई घटाउने गर्दछ ।

– ग्रीन टीले ब्लड सुगर कन्ट्रोल गर्नसक्छ । यसका लागि बिहान अथवा बेलुका खाना खानुभन्दा पहिले एक कप तातो ग्रीन टी पिउनुहोस् ।

–दालचीनीले इन्सुलिनको संवेदनशीलतालाई बढाउनुका साथै ग्लूकोजको स्तरलाई कम गर्ने गर्दछ । दैनिक आधा चम्चा दालचीनीलाई आफ्नो जीवन शैलीमा संलग्न गर्नुहोस् ।

– मधुमेह रोगीलाई भोकभन्दा थोरै कम र हल्का भोजन खाने सल्लाह दिइन्छ । त्यसकारण उनीहरुलाई पटक–पटक भोक लाग्ने गर्दछ । यसको लागि काँक्रो खानुहोस् । यसले भोक मेटाउने गर्दछ ।

–मधुमेहमा उमालेको करेलाको रस पिउनु निकै फाइदाजनक मानिन्छ । यसले सुगर लेभललाई निकै कम गर्ने गर्दछ ।
–मधुमेह रोगीले लौका, परवल, पालुङ्गो, मेवा अत्यधिक मात्रामा खानुपर्छ ।

– निमको पातमा आश्चर्यजनक औषधीय गुण हुने गर्दछ । यसको सेवनले इन्सुलिनको मात्रा बढ्ने गर्दछ भने ग्लूकोजको स्तर कम गर्दछ । यसको लागि निमको कमलो पातलाई खाली पेटमा खानुहोस् ।

– मधुमेह रोगीलाई योगले सबैभन्दा बढि फाइदा पुर्याउँछ । यसका लागि दैनिक आधा घण्टा योग गर्नुपर्छ ।
–मधुमेह रोगीले दुधको साथै दही र पनिर पनि खानुहोस् ।

– मधुमेह रोगीले दिनमा सुत्ने, चिल्लो र मसालेदार खानेकुरा खानबाट बच्नुपर्छ ।

– अमलाको रसलाई करेलाको रससँगै दैनिक खानुहोस् । यसले मधुुमेह कन्ट्रोलमा रहने गर्दछ ।

– दैनिक ५० ग्राम मेथी खानुहोस् । यसले ग्लूकोजको स्तर कम हुने गर्दछ र मधुमेहबाट राहत मिल्नेछ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}