
|
|
अब दशगजाबाट होइन संसदबाट समाधान खोज्नुपर्नेमा जोड
रौतहट, २१ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधानका अन्तरवस्तु बुझाउन नसक्दा तराई मधेसमा आन्दोलन चर्किनु स्वाभाविक भएको बताउनुभएको छ । नेपाली काँग्रेस चन्द्रपुर नगर समितिद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेलामा उहाँले संविधान जारी गर्ने विषयमा नेपाली काँग्रेस अत्यन्तै निष्ठावान तरिकाले लागेको बताउनुभयो ।
उहाँले निर्वाचनक्षेत्र, समानुपातिक, समावेशी प्रतिनिधित्वलगायत विषयवस्तु दलहरूको आपसी सहमतिमा मिलाउन सकिने उहाँको भनाइ थियो । विवादित विषयवस्तु संविधान संशोधनबाट समाधान गर्न सकिने भन्दै उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब दजगजाबाट होइन संसदबाट समस्या समाधान गर्न पहल गर्नुपर्छ भन्नुभयो । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले तराई मधेसको अधिकारको मामिलामा अझै के गर्न बाँकी छ त्यसबारे नेपाली काँग्रेस त्यो गर्न तयार रहेको बताउनुभयो । उहाँले अहिलेसम्मकै नेपालको राजनीतिमा सवैभन्दा बढी उपलब्धी संविधान जारी गर्दाका वखत भएको भन्दै संविधानले सबैखाले विभेदको अन्त्य गरेको बताउनुभयो । प्रदेश र सीमाङ्कनका सवालमा अझै वैज्ञानिक र व्यावहारिक मोडल आए नेपाली काँग्रेस मान्न तयार रहेको बताउनुभयो ।
रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

