Home » » नेपालकै महंगो फिल्म ‘बागमती’ शुक्रबारबाट प्रदर्शन हुँदै, राजेश र शिवको भिडन्त !

नेपालकै महंगो फिल्म ‘बागमती’ शुक्रबारबाट प्रदर्शन हुँदै, राजेश र शिवको भिडन्त !

काठमाडौं । नेपाली चलचित्र ईतिहासमा सबै भन्दा महँगो, अहिलेको सर्वाधिक चर्चित र बहुप्रतिक्षित फिल्म ‘बागमती’ यहि शुक्रबारबाट रिलिज हुदैछ । मंगलबार चलचित्रका मुख्य कलाकार राजेश हमाल, शिब श्रेष्ठ लगायत अन्य कलाकार चलचित्र हलमा एकसाथ देखा परेका छन् । दुई नायकले आफूले अभिनय गरेको चलचित्र ‘बागमती’ निर्माण युनिटसँगै बसेर हेरेका छन् । पहिला पहिला त साउथ ईण्डियन प्रविधि जोडिएको फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता मेटिएको छ, उत्कृष्ट फिल्म बनेको छ’ हमालले भने । राष्ट्रिय महत्वको विषय बोकेको ‘बागमती’ नदी सरसफाईसँग समेत जोडिएको र यो फिल्म ऐतिहासिक बनेको उनको भनाई थियो । 

अन्य फिल्मको प्रचारमा हमालले साथ नदिने गरेको आरोप लागिरहँदा यो फिल्मको लागि भने हमाल मरिमेटेर लागेका छन् । मंगलबार अर्को एक फिल्मको सुटिङ रोकेर नै हमाल फिल्म हेर्न हल आईपुगेका थिए । हमालले मोफसलमा समेत पुग्दा ‘बागमती’ प्रति रिलिज अगाबै बनेको क्रेजले उत्साहित बनाएको भन्दै हलमा पनि त्यो साथ मिल्ने आशा व्यक्त गरे । त्यस्तै ‘एक्शन किङ’को रुपमा परिचित अर्का अभिनेता शिवले महानायकको उपमा पाईसकेका हमालसँग काम गर्न पाउनु नै गर्वको कुरा भन्दै ‘सस्पेन्स’, ‘थ्रिलर’, ‘ईमोशनल’ प्रकृतिको ‘बागमती’ एकपटक हेरेर आफ्नो कमब्याकलाई मुल्यांकन गरिदिन आग्रह गरे । ‘सन्नी केरला जस्तो निर्देशक नेपालमा १० बर्ष अगाडि प्रवेश गरेको भए, नेपाली फिल्म उद्योगकै कायापलट हुन्थ्यो, २ दशक लामो करियरमा पहिलो पटक खास निर्देशकसँग काम गरेको अनुभुति भयो’ श्रेष्ठले ठोकुवासाथ भने । चलचित्र ‘बागमती’लाई ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रका निर्माता दिनेश दर्शनधारी र विजय सत्याल हुन् । फिल्मलाई दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन । यस चलचित्रमा अधिकांश दक्षिण भारतीय प्राविधिक र प्रविधि प्रयोग गरि छायांकन गरिएको छ । चलचित्र ‘बागमती’मा राजेश हमाल, शिव श्रेष्ठ, रविकर घिमिरे, श्रेया कार्की, कञ्चन ठकुरी, केकी अधिकारी, धुर्ब कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । 
भिडियोः 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}