
|
|
– झलक पाली
डोटी, २२ पुस । सामाजिक कूप्रथाका रुपमा लिईने छाउपडी प्रथा डोटीमा अझै कायमै रहेको छ । हालसम्म जिल्लाका २२ वटा गाविसहरुलाई छाउपडी गोठमुक्त घोषणा गरिसकेको भएतापनि विभिन्न गाविसमा छाउपडी गोठहरु रहेका छन् । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम र जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालीकामा समेत छाउपडी गोठहरु रहेका छन् । जिल्लाविकास समितिको सिरानमा रहेको नगरपालिकाको वडा नं. १ सिलगाउँमा नै छाउपडी गोठ देख्न सकिन्छ ।
महिनावारी भएका बेला जथाभावी गरेमा घरमा सर्प आएर घर घेर्ने गरेको मेल्तोलीका ५१ वर्षीया देउमती साउदले बताईन् । उनले भनिन्–‘छाउ भएका बेला यताउता गरेपछि घरैना स्यापले माला लाउनाछन्, त्यई भएर हामी त छाउपडी मान्नाछु ।’
त्यस्तै नगरपालिकाका वडा नं. १४, १२, ३, ४, ५, ६ सबै ठाउँमा छाउपडी गोठ रहेको दिपायल सिलगढी नगरपालीकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । ‘छाउपडी भनेको नितान्त रुपमा छाउ हुने महिलाको व्यक्तिगतजीवन र उनीहरुको सँस्कृतिसँग जोडिएको विषय हो’ जोशीले भने,–‘धर्म, सँस्कृतिअनुसार सामाजिक बन्धन छ । त्यसैले अन्य धेरै कुरा भन्दापनि घरमा उपलब्ध सबैले खानेकुरा खान पाउने र सुरक्षित बसोबास हुनुपर्छ ।’ उनले थपे–‘नगरपालिकाले छाउपडी प्रथाकै विषयमा छुट्टै कार्यक्रम त गर्दैन । तर, पनि विभिन्न ठाउँमा नागरिक सचेतना केन्द्रमा रिफ्लेक्ट सर्कलमा कक्षाहरु सञ्चालन गर्दा छाउपडीका विषयमा पनि जानकारी गराईन्छ ।’ यस्तै, लडागडा गाविस वडा नं. ८ मेल्तोलीमा पनि छाउपडी समस्या अत्यधिक पाईन्छ । स्थानीय चौड्यालश्वर प्राथमिक विद्यालयका अध्यक्ष अमर साउदका अनुसार ८० घरधुरी रहेको सो गाउँमा झण्डै ४० जति छाउपडी गोठ रहेका छन् ।
मूख्यतया शिक्षाका माध्यमबाट चेतनाको स्तरमाथि नउठेसम्म जुनसुकै संघसँस्थाले काम गरे पनि छाउपडी प्रथामा सुधार नहुने उनी बताउँछन् । साउँद भन्छन्–‘मैले त छाउपडीका विषयमा राम्ररी बुझेको छुँ, तर समाजका हिसाबले आफूले पनि मान्नुपर्ने बाध्यता छ ।’ महिनावारी भएका बेला जथाभावी गरेमा घरमा सर्प आएर घर घेर्ने गरेको मेल्तोलीका ५१ वर्षीया देउमती साउदले बताईन् । उनले भनिन्–‘छाउ भएका बेला यताउता गरेपछि घरैना स्यापले माला लाउनाछन्, त्यई भएर हामी त छाउपडी मान्नाछु ।’ मेल्तोली गाउँमा आफ्नो सँस्थाबाट छाउपडी प्रथाको अवस्था अध्ययन गर्न झण्डै ७ लाख बराबरको लगानीमा रिसर्च (अनुसन्धान) गरिएको भएपनि सुधार आउन नसकेको गुड नेवर्स डोटीका परियोजना प्रमुख हर्क बहादुर बलायरले बताए । छाउ भएका बेला दुध, दहि, घिउँ, फलफूलजस्ता पोषिलो खानेकुरा खान नदिने, अरुलाई छुन नहुने, नुहाउन नहुने, छात्राहरुलाई विद्यालय नपठाउने, भारी काममा लगाउने जस्ता व्यवहार गर्ने गरेको पाईन्छ । घरभित्र पूजा गर्ने कोठा र घर नजिकै देवस्थलहरु हुने भएकाले घरलाई छोएमा बाघ आउने, फलफूलका बोटविरुवा छोएमा सुक्ने, दुध, दहि, घिउ खाएमा गाई–भैंसी मर्ने, दुहिंदा रगत आउने, देउता रिसाउने जस्ता अन्धविश्वास स्थानीयमा कायमै रहेको रेष्टलेस डेभलप्मेन्टको सहयोगमा पीसविन बाजुराले डोटीका ५ गाविसमा सञ्चालन गरिरहेको सम्भव कार्यक्रम अन्तरगत छाउपडी प्रथाविरुद्धको अभियान परियोजना अधिकृत भागरथी मडैले बताईन् । महिनाबारी भएको समयमा फिल्डमा जाँदा आफूले समेत सोही व्यवहार खेप्नुपर्ने महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरुले बताउने गरेका छन् । मध्ये तथा सदूरपश्चिममा व्याप्त कुप्रथा छाउपडी गोठको सङ्ख्या डोटीमा कति छ भन्ने विषयमा महिला तथा बालबालिका कार्यालयमा समेत रेकर्ड भेटिदैन । यहाँका महिलाहरु महिनाबारी भएको बेलामा खुल्ला ढोका भएको, चिसो भुईं भएको घरभन्दा टाढा, निकै साँगुरो, छाउपडी गोठमा सुत्ने गरेकाले विभिन्न बेलामा सर्पदंश, बाघको आक्रमण, चोरी–डकैती, बलात्कारका शिकार हुने गरेका घटना बाहिर आउने गरेका छन् । सर्वोच्च अदालतबाट मिति २०६२ साल वैशाख १९ गते सरकारकानाममा छाउपडी उन्मुलन गर्न आदेश दिएपछि जारी भएको छाउपडी प्रथा उन्मुलन निर्देशिका, २०६४ ले डोटीका विभिन्न गाउँका महिलाहरुलाई छुन सकेको छैन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

