Home » » भुईचालोले ल्याउने मनोबैज्ञानिक असर एबम भावनात्मक तनाव-चिनौ र समाधान गरौं

भुईचालोले ल्याउने मनोबैज्ञानिक असर एबम भावनात्मक तनाव-चिनौ र समाधान गरौं

ज्यान जान सक्ने, ठुलो नोक्सान हुन सक्ने आवस्था मा शरीर स्वाभाभिक रुपमा  स्ट्रेस (Stress ) वा तनाव को अवस्था मा पुग्छ।  यस बेला  शरीर मा यति उर्जा / तागत हुन्छ कि यस अवस्था मा मान्छेमा धेरै हिम्मत हुने,  धेरै दौडिन , माथि बाट हाम्फाल्न , जोड ले कराउन  सक्छ। आपत बिपत सित लड्न सक्छ।   यो त फाइदा को अवस्था हो तर  फाइदासँग  यसको उल्टो;रुने कराउने, झगडा गर्ने, भाग्ने, आतिने पनि अवस्था  हुन सक्छ  । लामो समयसम्म तनाव मा रहे यसको उल्टो थकान लाग्ने , निरुत्साहित हुने,  केहि कुरा  पनि गर्न मन नलाग्ने हुन सक्छ। यस्तो अवस्था मा शरीर कमजोर हुने अनि रोग संग लड्ने प्रक्रिया कमजोर हुन आउछ। थुप्रै शारीरिक रोग पनि बढाउछ।  

धेरै जसो देखिएका लक्षण
शारीरिक ; 
  • टाउको दुख्ने
  •  शरीर मा थकावट
  •  पेट दुख्ने
  •  भोक नलाग्ने
  • मुटु को धड्कन महसुस हुने 
  •  शरीर  काप्ने(जसले गर्दा हरबखत भुइचालो गएको जस्तो लग्छ )
  •  निद्रा नलाग्ने, 
  •  झस्किने 


Emotional वा भावनात्मक 
  • डर लाग्ने 
  • नर्वस्नेस(nervousness ) 
  • मन दुखी हुने 
  • कुनै कुरा मा चाख नलाग्ने 
  • कसैले केहि गर्छ या केहि नराम्रो हुन्छ झैँ लाग्ने 
  • आफ्नो काम गर्न नसक्ने 


सोच्ने, संझने  विचार र निर्णय लिने मा कमी 
  • कुनै कुरा मा ध्यान केन्द्रित गर्न नसक्ने 
  • बिर्सने दिमाग भारी भएको जस्तो विचार हराएको जस्तो लाग्ने 
  • माथि उलेखित लक्षण हरु ठुलो प्राकृतिक प्रकोप पछि धेरै मानिस मा देखिन्छ जुन धेरै जाना मा  केहि समय पछि आफै पनि ठिक हुदै जान्छ ( Normal reaction to  abnormal situation ), तर केहि लाई यो लक्षण हराउदैनन अनि मानसिक रोग को रुप मा आउन सक्छन। Post traumatic stress disorder , acute transient psychotic disorder,  डिप्रेसन , निन्द्रा नलाग्ने, आतिने रोग आदि प्रकार का मानिसिक रोग हुन सक्छन 
  • त्यसैले तनाव लाइ कम गर्ने तरिका तिर लाग्नु  पर्छ।

१. सही  सूचना लिनुहोस्; फेरी भुइचालो आउछ , ठुलो आउछ  भन्ने अबैज्ञानिक  हल्ला ले शरीर  लाई तनाव कै अवस्था मा राख्छ।  भुइचालो लाई कसैले नि यकिनको  साथ् भन्न सक्दैनन्  तर अहिले को शैली  हेर्दा ठुलो नगएर  अब बीच बीच मा स साना क्षनीक  समय का झट्का जान सक्छन।  

२  पीडित  को मदत गर्ने, (मन मा उर्लेका डर, पीडा लाइ ब्यक्त गर्दा   अनि   ध्यान दिएर सुने मात्रामा पनि धेरै लाई फाइदा हुन्छ, मन हलुका हुन्छ)। - मनमा ज्यादा तनाव हुदा चिच्याएर रुदा पनि मन हल्का हुन्छ। 
३. बादबिबाद मा नजाने, यस्तो अवस्था मा यसै पनि रिस छिटो उठने हुन्छ। 
४.   मन बिचलित भए धेरै कुरा गर्न नखोज्ने, आफ्नो दैनिक आवशेकता को काम मा ध्यान दिने

 ५. रेडियो, प्रत्रिका, टिवि मा  सहयोग को बारेमा आउने सूचना हुने हुनाले सजक हुने।  
६.  एक्लै रहनु भन्दा ग्रुप बनाएर योजना बढ्द तरिका ले काम गर्ने। 
७.  बिस्तारै लामो सास लिएर छोड्ने ब्याम  (स्वास प्रशास को ब्याम ले पनि तनाव कम गर्न मद्दत गर्छ ) .
८. आशा को त्यान्द्रो जीवित राख्ने,  भोलि के होला र त्यसो गरेको भए के हुन्थ्यो भन्ने कुरा ले तनाव बढाउछ।

लगातार गार्हो भएमा, रुने चिच्याउने, आफुलाई हानी पुरयाउने, निदाउन नसक्ने , बेहोस्  भएको , बेसुरको कुरा गर्ने, धेरै छटपटी, डर लागेको या आतिने अवस्थामा तुरुन्तै   मद्दत लिनु राम्रो हुन्छ।  

केहि सल्लाह र मनोसामाजिक परामर्श को लागी हेल्प लिन
मेन्टल हस्पिटल लगनखेल                                       
पाटन हस्पिटल
टिचिंग हस्पिटल - महाराजगंज
किस्ट मेडिकल कलेज  , ईमाडोल,ग्वार्को                     
काठमाडौँ मेडिकल कलेज सिनामंगल
नेपाल मेडिकल कलेज , जोरपाटी
आर्मी हस्पीटल
CMC नेपाल , थापाथली
सिविल हस्पीटल नयाबानेशोर
चितवन मेडिकल कलेज, भरतपुर, चितवन
नोबेल मेडिकल कलेज, बिराटनगर
अन्य  मेडिकल कलेजहरु पनि

 Compiled by Dr Prabhakar Pokhrel

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}