Home » » ओली सरकारविरुद्ध एमाओवादीको कडा प्रहार, अब जेपनि हुन सक्ने

ओली सरकारविरुद्ध एमाओवादीको कडा प्रहार, अब जेपनि हुन सक्ने

काठमाडौं, १ माघ । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकाको कामबाट सरकारमा सहभागी कुनै पार्टी सन्तुष्ट नरहेको बताउनुभएको छ । उहाँले सरकारले राम्रो काम गर्न नसकेको बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरगर्दै उहाँले भन्नुभयो, ‘सरकारको कामबाट सन्तुष्ट हुने अवस्था छैन । योभन्दैमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने होइन ।’


सरकारको कामकारबाही र एमाओवादीको भागमा परेको मन्त्रालयहरूका विषयमा पार्टीभित्र समीक्षा भएको बताउनुभएका उपाध्यक्ष श्रेष्ठले सरकारले गर्ने गलत कामको मुकदर्शक भएर नबस्ने बताउनुभयो ।
‘पार्टीमा समीक्षामा छौँ । तत्काल गम्भीर निर्णयमा जाने छैनौँ । मुकदर्शक भएर बस्दैनौँ । सरकारले धेरै मेहन गर्नुपर्ने छ’, उहाँले भन्नुभयो, ‘सरकारबाट फिर्ता हुने वा मन्त्री फिर्ता बोलाउने कुरा सोँचेका छैनौँ ।’
उपाध्यक्ष श्रेष्ठले वर्तमन सरकारलाई जे पनि गर्न छुट नरहेका बताउनुभयो । ‘सरकारमा मन्त्री बन्नका लागि समर्थन मात्रै गर्दैनौँ’, उहाँले भन्नुभयो, ‘सरकारका कामिकमजोरी छन् । त्यसलाई सुधार अनिर्वाय भइसकेको छ । अन्यथा जेपनि गर्नुपर्ने अवस्था आउन सक्छ ।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}