
|
|
Dr Prabhakar Pokhrel
पहिलो भाग पछी को निरन्तरता .......................
लक्षणहरु कस्ता हुन्छन त?
- उदासीपन वा धेरै जसो मन दुखि भैरहन्छ (आफ्नो पहिले को स्वभाव भन्दा बिपरित या ज्यादा मात्रा मा ) persistent sadness of mood or low mood
- सहजै खुशी महसुस गर्न नसकिने अवस्था loss of pleasure or happiness
- शरीर गल्ने , छिटो थकाई लाग्ने, केहि कुरा मा जोश जाँगर नलाग्ने easy fatigability or tiredness
- नकारात्मक र निराशावादी विचार निरन्तर आउने negative thoughts
- मर्न मन लाग्ने / आत्मा हत्या को सोच आउने suicidal ideations
- सहजै ध्यान केन्द्रित गर्न गाह्रो हुने, poor attention and concentration
- स साना , रोज मर्रा का कुरा हरु सहजै विर्सने, सम्झने शक्ति कमजोर भएको जस्तो लाग्ने poor memory especially immediate and recent
- टाउको भारी हुनु, दुख्नु headache, (tightness or pain)
- शरीर दुख्ने unexplained body-aches
- हात खुट्टा वा जिउ पोल्ने ,झमझम हुने ,लाटो हुने वा दुख्ने
- चिडचिडाहट हुनु, सहजै झर्को लाग्ने irritability , restlessness
- निद्रा गडबडी हुनु disturbed sleep
- खाना रुची हुने या गडबड हुने , दुब्लाउने disturbed appetite; loss of weight
- यौन इच्छामा कमी आउनु decrease libido(loss of interest in sex )
- आफुलाई कसैले माया नगर्ने , अरु ले मन नपराउने, हेपेको झैँ लाग्ने आफु बोझ भएको महसुस worthlessness, low self esteem, feeling unloved and unwanted
- आतिने , छट्पट हुने , बिहान उठ्दा जीवन बोझ झैँ लाग्ने early morning sadness, anxiety
- काम गर्ने मन नलाग्ने , स साना गल्ति हुने loss of pleasure in work
- कति जना यस्ता अवस्था मा धेरै नसा सेवन पनि गर्न थाल्छन increase use of drugs to feel relaxed
- आत्मविश्वास को कमि अनि हीन बोध हुने low confidence and self esteem
केटा केटी हरु वा teenagers मा छिटो रिसाउने , जिद्दी , झगडालु स्वभाव अनि पढाई मा मन नजाने, टाउको दुख्यो, पेट दुख्यो मात्र भन्ने तर जांच गर्दा नर्मल देखिने , मर्ने प्रयास गर्ने लक्षण हुन सक्छन
- सबै बिरामी मा यो सबै लक्षण हुनु पर्छ भन्ने छैन , कतिपय लक्षण अरु रोग का पनि हुने हुनाले आफैले रोग पत्ता लगाउनु भन्दा नि मनोचिकित्सक को सल्लाह लिन जरुरि हुन्छ
डिप्रेसन कति महँगो रोग हो ?
- काम सहजै गर्न नसक्दा जागिर मा अप्ठ्यारो, काम मा नियमित हुन गार्हो,
- बिद्यार्थि हरु पढाई गररहो हुन्छ, सम्झिन गार्हो, हीनभाव अनि आत्मबिश्वासको कमी अनि जटिल हुदै गएर कति ले पढाई छोडछन।
- काममा पूर्ण क्षमताको प्रयोग गर्न सक्दैनन् , आर्थिक कमजोरी हुन आउछ।
- माया नगर्ने, सबै बोझ भएको महसूस हुने हुदा घर झगड़ा हुने संभावना बढ्छ, कतिमा शंका गर्ने प्रबृति देखिन्छ
- तौल घटने , आहार को कमीले अरु रोग अनि कमजोरी , पौस्टिक आहार को कमी हुन्छ , संक्रमण को संभावना बढ़छ।
- जीउ दुखने, कमजोरी , आतिने रोग को लक्षण (मुटु को धड़कन बढ़ने, स्वास लिन गार्हो हुने ) आदि लाई मात्र ध्यान दिएर डिप्रेसन को रोग पत्ता नलागेर नचाहिने जाँच अनि उपचार ले गर्दा उपचार खर्च बढ़ने , थुप्रै डाक्टर का भौतारिने गरेको पाइएको छ।
- अकालमै मृत्यु वा आत्महत्या को संभावना बढ़ाउछ।
- अब हरेक दिन उदास रहनु को के मूल्य तोक्नु।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

