Home » » प्रहरी आन्दोलनमा व्यस्त भएको मौकामा फाइदा उठाँउदै पुर्वका होटलहरुमा यौनकर्मी सकृय

प्रहरी आन्दोलनमा व्यस्त भएको मौकामा फाइदा उठाँउदै पुर्वका होटलहरुमा यौनकर्मी सकृय

पुर्वी नेपालको व्यापारिक नगरी इटहरी आसपासका केही होटलमा यौनजन्य व्यवसाय फस्टाएको छ ।
यो सूचना पाएसँगै प्रहरीले होटलहरुमा सकृयता वढाएको छ । पछिल्लो समय भारतीय नाकाबन्दी र मधेस आन्दोलनमा प्रहरीको ध्यान केन्द्रित भएको मौका पारेर यहाँका होटलमा यौन व्यापार बढेको प्रहरीले जनाएको छ।
प्रहरी व्यस्त भएर होटल अनुगमनमा कमी भएपछि इटहरीकै बसपार्कमा सञ्चालित न्यु बसपार्क होटलका सञ्चालक महिलाहरू राखेर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका छन्। होटलमा काम गर्न राखेका महिलाई जर्वरजस्ती यौन व्यवसायमा संलग्न गराएको आरोप छ। प्रहरीले होटलमा छापा मारेर यौनजन्य क्रियाकलापमा संलग्नहरूलाई पक्राउ गरेको छ।
होटल सञ्चालकले पैसा लिएर महिलालाई यौन कार्यमा संलग्न गराएको खुलेपछि मानव वेचविखन तथा ओसारपसार मुद्दा चलाएको छ। मंसिर पहिलो साता इटहरीबाटै यौनधन्दामा संलग्न भएको आरोपमा प्रहरीले पाँच युवती र तीन भारतीय युवालाई कुमारी गेष्ट हाउँसबाट पक्राउ गरेको थियो।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}