Home » » पूर्वयुवराज पारसकी प्रेमिकाले हिमानीको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर रिस पोखे पछि…..

पूर्वयुवराज पारसकी प्रेमिकाले हिमानीको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर रिस पोखे पछि…..

फेसबुकमा आफ्नो छोराको फोटो राखेर चर्चा कमाएकि कन्निकाले बुधबार फेरि हिमानीप्रति क्रोधित भएर फेसबुकमा अर्को पोस्ट गरिन् । हिमानीको फेसबुकबाट तानिएको फोटो राख्दै कन्निकाले लेखेकी थिइन्, ‘को केटी हो यो ? मेरो जीवनसँग कहिल्यै खेलबाड नगर । तिमी आफ्ना सन्तानलाई माया गर्छौ भने अरूका बालबालिकालाई पनि माया गर्नुपर्छ भनेर लेखेकी छिन।


अरूका बालबालिकाका अगाडि हिंसा नगर ।’ कन्निकाको रिस यत्तिमै शान्त भएन । उनले थप लेखिन्, ‘तिमीलाई थाहा होला, मेरो व्यक्तिगत जीवनमा तिमी आउन खोज्दा मैले बाल नदिएको तिमीलाई थाहा होला । कृपया तिमी समाजलाई भन, कसरी तिमी मेरो अगाडि निर्वस्त्र हुन सक्छ्यौ ? के यो हिन्दू धर्म हो ? उत्तर देऊ ।’ हिमानीलाई यी सब प्रश्न गर्नुको कारण के हो भन्ने कन्निकाले खुलाएकी छैनन् । तर, उनले हिमानीसँगको आक्रोश यतिमै सीमित राखिनन् । अर्को एउटा स्टाटस लेखेर कन्निकाले धर्मबारे प्रश्न उठाएकी छिन् । थाई भाषामा लेखिएको स्टाटसमा उनले लेखेकी छिन्, ‘धर्मले समाजलाई ध्वस्त बनाउँदै छ, तर म त्यो कम्पनीमा छैन।

केही समयपछि उनको फेसबुक टाइमलाइन स्क्रल गर्दा त्यो पोस्ट ‘डिलिट’ भइसकेको थियो । बरु, उनले अर्कै फोटो राखेकी थिइन् । जे होस्, अहिले पनि वेलावेला पारस र हिमानीलाई सम्झिएर कन्निकाले आफ्नो ह्याङ अझै बाँकी रहेको जनाउ दिइसकेकी छिन्

-नयाँपत्रिका दैनिक

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}