
|
|
तस्वीर हेर्दा निकै डरलाग्दा देखिन्छन् । महिलाहरुले आफ्नो नांगो वक्षस्थलमा जोडसँगले समातेर आफ्नै जिउलाई छातिबाट च्यातेर दुई टुक्रा पारेका छन् । छातिभन्दा तलको गिँड चुँडिइसक्दा पनि महिलाको अनुहारमा चमक भने उस्तै छ । कतिले त रोचक पाराले आफ्नो चुँडिएको जिउको फेँद हेरिरहेका छन् । त्यसैले दृश्यहरु अलिक बनावटी तथा अतिरन्जित नदेखिएको पनि होइन ।
जे होस् जिउ उखेलेर दुई टुक्रा पार्ने यो कलाकारिता वास्तवमै अनौठो तथा नयाँ ढंगको देखिन्छ ।
दक्षिण अमेरिकी देश चिलीका २९ वर्षे कलाकार जिम्पाएर डिनामार्का पोकको कलाकारिता हो यो ।
उनले महिलाका निर्वस्त्र जिउमा पेन्टिङ गरेर यस्तो भ्रमात्मक दृश्य तयार गरिदिएका छन् की मानौँ महिलाहरुले आफ्ना स्तन निमोठ्दै जिउलाई उखेलिरहेका छन् र दुई टुक्रा बनाएका छन् ।
चित्रहरुमध्ये एउटामा महिलाले आफ्नो जिउलाई वक्षस्थलबाट च्यातेर माथि निकालेकी छिन् र तल कम्मर मुनिको गिँड बाँकी छ । अर्को तस्वीरमा भने महिलाले आफ्नो छाति तथा पेट च्यातेर भित्रका अंगहरु देखाइरहेकी छिन् ।
त्यस्तै एक महिलाको पिठ्युँबाट निलो मोनस्टर निस्किरहेको छ । अझ डरलाग्दो त एउटा तस्वीर छ । जहाँ एक महिलाको शरीरबाट अर्को डरलाग्दो महिलाको शरीर निस्किरहेको छ ।
हेरौँ यी अनौठा तस्वीरहरु

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

