Home » » अब विश्वविद्यालयमै सेल्फी कोर्स

अब विश्वविद्यालयमै सेल्फी कोर्स

मानिसहरुमा आफ्नो फोटो आफैले खिच्ने अर्थात् सेल्फीको क्रेज दिनदिनै बढिरहेको छ । मानिसहरु आफ्नो पर्फेक्ट सेल्फी खिच्नका लागि होडबाजी गर्छन् । राम्रो सेल्फी लिनका लागि विभिन्न तरिका अपनाउँछन्, राम्रो भन्दा राम्रो क्यामरा प्रयोग गर्छन् अनि सेल्फी स्टिक पनि ठड्याउँछन् ।
यहीँ कारण होला गत वर्ष सेल्फी भन्ने शव्द ‘वर्ष शव्द’ बन्न सफल भएको थियो । सेल्फीको यहीँ क्रेज तथा लोकपि्रयतालाई क्यास गर्दै अमेरिकामा अब कलेजहरुमै सेल्फीको पढाइ हुने भएको छ ।
कतिपय अमेरिकी विश्वविद्यालयले कलेज स्तरको पाठ्यक्रममा सेल्फीको विषय पनि समावेश गरेका छन् । यसमा सेल्फीको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा गराइनेछ ।

इण्डियाना युनिभर्सिटी नर्थ वेष्ट कम्युनिकेसनका प्राध्यापक इभ बोट्याण्डोले यो वर्ष विश्वविद्यालयमा सेल्फी विषय थप गरिनेछ र त्यसमा ४ वटा वटा कक्षा संचालन हुनेछन् ।
युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाका मार्क सी म्यारिनोले आफ्नो कक्षामा सेल्फीको पढाइ सुरु गरिसकेका छन् । उनले विद्यार्थीहरुलाई सेल्फी खिचेर त्यसको विश्लेषण गर्न अह्राइसके । यसबाट विद्यार्थीमा सेल्फीको सामाजिक आर्थिक चरित्र, प्रभाव तथा त्यसको अर्थका विषयमा विश्लेषण गर्ने उद्धेश्य उनको छ ।
सेल्फी क्लास नामको उक्त कोर्समा विद्यार्थीलाई सेल्फी विश्लेषणका विषयमा लेखेर बुझाउनु पर्नेछ । यो कोर्सलाई १५० वर्डस् राइटिंग, क्रिटिकल रिजनिङ तथा आइडेन्टिटी र डाइभर्सिटी लगायतका भागमा बाँडिएको छ । सेल्फीका बारेमा बुझ्नका लागि बौद्धिक जमातले एउटा अन्तराष्ट्रिय समूह पनि बनाएको छ, जसले रिसर्चका माध्यमबाट सेल्फीको सामाजिक, सांस्कृतिक महत्व बुझाउनेछ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}