Home » » कूषि समुह मार्फत ब्याबसायिक कृर्षि फर्म संचालन ।

कूषि समुह मार्फत ब्याबसायिक कृर्षि फर्म संचालन ।

गलकोट ,जिल्लाको कांडेबास ९  का १४  ब्यक्ति मिलेर सामुहिक कृर्षि फर्म मार्फत मनग्य आम्दानी गर्न थालेका छन् । स्थानिय तुलानाथ कंडेलको अध्यक्षतामा दरमखोला बहुउदेश्यिय कृर्षि तथा पशुपालन फर्म संचालन गरिएको छ । गत बर्ष देखि संचालन गरिएको फर्मबाट आम्दानी समेत हुन थालिसकेको छ । कृर्षि पेशामा मनग्य आम्दानी देखेर सुरुमा १४  लाखको लगानी ब्यबसायिक फर्म सञ्चालन गरिएको फर्मका संचालक सदस्य सन्तोष शेरचनले जानकारी दिनुभयो ।
११  लाखको लगानीमा जग्गा खरिद गरि ब्यबसायिक माछापालन ,गोलभेडा खेति र बंगुरपालन ब्यबसाय सुरु गरिएको थियो । १४  लाखको लगानीबाट सुरु गरिएको फममा अहिले सम्म ३०   लाख लगानी गरिएको छ ।  अहिले ३  ओटा पोखरीमा माछा ,६  ओटा टनेलमा गोलभेडा खेती र ११  माउ बंगुर पालिएको सदस्य शेरचनले बताउनुभयो । बंगुरका माउ पालेर बच्चा बेच्दै आएको संचालकले बताएका छन् । एउटा बंगुरले एकपटकमा  १२ ओटा बच्चा जन्माउने र १ महिना को  उमेरमा ४  हजारमा बिक्री गरिने गरिएको छ ।  उक्त फममा दैनिक २  जना स्थानियले रोजगार समेत पाएका छन् । फममा प्राय स्थानिय शिक्षक संगै बैदेशिक रोजगारबाट फर्किएका युवाले लगानी गरेका छन् । फम संचालन गरिएको एक बर्षमा ६  लाख आम्दानी भईसकेको छ ।

सुरुवाती चरण भएकोले क्रमस लगानी बढाईएको र मुनाफा पनि बढ्ने कृषकहरुको भनाई छ । आगामि दिनमा फर्मको निरन्तर बिस्तार गरिने संचालक सदस्य डिलबहादुर बुढाथोकीले बताउनुभयो । फमबाटै उत्पादित तरकारी ,बगुरका पाठापाठी र माछा बिक्री हुने हुदा बजारको समस्या नरहेको बुढाथोकीको भनाई छ । लाखौ लगानी गरेर बिदेशि भुमीमा जति दुख गरे यहि मनग्य आम्दानी हुने हुदा कृर्षिमा लगानी गर्न बिदेशबाट फर्किएर कृर्षिमा लागेका सन्तोष शेरचनको भनाई छ । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}