Home » » चिनिया महिलाले चोरिन् ३ करोडको हिरा, डाक्टरले निकाले पेटबाट

चिनिया महिलाले चोरिन् ३ करोडको हिरा, डाक्टरले निकाले पेटबाट

हिरा चोरेर सर्लक्कै निलेकी एक चिनिया पर्यटक महिलाको पेटबाट झण्डै ३ करोड मूल्य पर्ने हिराको टुक्रा निकालिएको छ ।
यो घटना थाइल्याण्डको बैंककमा घटेको हो । गरगहना प्रदर्शनी स्थलबाट हिरा चोरेर ज्यानकै बाजी थापेर क्वाप्पै खाएकी चिनिया महिलाको आन्द्राबाट डाक्टरहरु त्यो बहुमुल्य हिरा निकाल्न सफल भएका हुन् । त्यो सँगै ती महिलाको ज्यान जोगिएको छ भने गहना चोरको पनि पत्तो लागेको छ ।
समाचार अनुसार बैंककमा भएको गहना प्रदर्शनी हेर्न एक पुरुष साथीसँगै पुगेकी चिनिया महिला पर्यटक ३९ वर्षकी जियांग जुलियानले स्टलमा रहेको १ करोड भाट मूल्य पर्ने ६ क्यारेको हिरातर्फ हात लम्काइन् । त्यो हिरा हातमा लिएर क्वाप्पै मुखमा हालिन् अनि आफ्नो गोजीमा भएको नक्कली हिरा निकालेर सोही स्थानमा राखिदिइन्, ता की सक्कली हिरा चोरी भएको कसैले पत्तो नपाओस् ।

करोड मूल्य पर्ने हिरा चोर्न सफल भएकोमा खुसी हुँदै तर हिरा पेटमा रहेको हुँदा त्यसले असर गर्नसक्ने तर्फ सचेत रहँदै ती महिला अर्को दिन नै थाइल्याण्डबाट चीन फर्किने निधो गरिन् र बिहिबार चीन फर्किनका बैंककस्थित सुबर्णभूमि विमानस्थल पुगेकी उनी त्यहीँबाट पक्राउ परिन् ।


वास्तवमा उक्त गहना प्रदर्शनीमा राखिएको सिसीटिभी भिडियोको आधारमा ती पर्यटक महिलाले हिरा चोरेर निलेको पत्तो प्रहरीले पाइसकेको थियो र उनलाई पछ्याउँदै जाँदा प्रहरीले एयरपोर्टबाटै पक्राउ गर्न सफल भयो । उनीसँगै उनका पुरुषसाथी पनि पक्राउ परे ।
पक्राउ गरेर ती महिलालाई अस्पतालमा लगियो । जहाँ डाक्टरहरुले मलद्धारबाट नली घुसाएर अर्थात् कोलोनोस्कोपी गरेर उनको ठूलो आन्द्राबाट त्यो बहुमुल्य हिरा निकाल्न सफल भए । प्रहरीले पक्राउ गरेर सुरुमा चोरीका बारेमा सोधपुछ गर्दा उनले आरोप अस्विकार गरेकी थिइन् । तर अस्पतालमा गएर एक्सरे गर्दा उनको ठूलो आन्द्राभित्र हिराको पत्थर देखिएपछि उनीमाथिको आरोप प्रमाणित भयो र उनी लल्याक लुुलुक भइन् । अन्ततः आइतबार उनको सामान्य शल्यक्रिया गरेर पत्थर निकालियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}