Home » » ३५ वटा भियग्रा क्वाप्पै पारेपछि ५ दिनसम्म आपत्

३५ वटा भियग्रा क्वाप्पै पारेपछि ५ दिनसम्म आपत्

पुरुषले खाने यौनबर्धक औषधि भियग्राका ३५ वटा गोली एकैचोटी खाइदिएपछि के होला ? अवश्यपनि असामान्य रुपमा यौन उत्तेजना प्राप्त होला । यस्तै भएको छ एक बेलायती पुरुषलाई ।
साथीसँग हँसिमजाक गर्ने क्रममा एकैचोटी ३५ वटा भियग्रा खाइदिएपछि ३६ वषका ड्यानियल मेडफोर्थको यौनांग पूरै ५ दिनसम्म उत्तेजित भइरह्यो ।

गत सोमबारको घटना हो यो । योर्कसायरका डानियल विदा मनाउन साथीको घर गएका रहेछन्, जहाँ उनीहरु हाँसोठट्टा गर्ने क्रममा एकैचोटी ३५ वटा भियग्राका गोली खाइदिए । त्यसपछि त के चाहियो । उनको यौनांग अशान्त भयो, अनवरत रुपमा उत्तेजित भइरह्यो । त्यतिमात्र होइन उनका आँखाले तिरिमिरी देख्न थाले, वान्ता आउला जस्तै भयो, साँच्चीकै विरामी जस्तै भए ।


उनी भन्छन् : मैले जताततै हरियै देख्न थालेँ । थामिँदै नथामिने गरी उत्तेजना चढ्न थाल्योे ।
उनले घर फर्केर सबै कुरा श्रीमतीलाई भनेपछि श्रीमती पनि आश्चर्यमा परेर एम्बुलेन्स बोलाइन् र उनलाई अस्पताल लगियो । उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरियो । उनका अनुसार अस्पतालमा डाक्टरहरुले समेत हाँसो थाम्न सकिरहेका थिएनन् तर उनीहरुलाई हाँस्ने छुट पनि त थिएन ।
आफ्नो त्यो मुख्र्याइँका कारण श्रीमती निकै रिसाएपनि अन्ततः आफुलाई माफी दिएको र आफु निकै भाग्यमानी रहेको डानियल बताउँछन् ।
त्यतिधेरै भियग्रा खाँदा समेत ज्यान जोगिएकोमा डानियल साँच्चीकै भाग्यमानी हुन् । किनकी भियग्राको अत्यधिक सेवनले मानिस अचेत हुने, ब्रेन हेमोरेज भएर मानिसको ज्यान नै जाने खतरा हुने विज्ञहरु बताउँछन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}