Home » » गल्कोट समाज र गल्कोट स्पोर्टस् क्लबको तीज विशेष कार्यक्रमको तयारी पुरा

गल्कोट समाज र गल्कोट स्पोर्टस् क्लबको तीज विशेष कार्यक्रमको तयारी पुरा

टोकियो । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको तीज विशेष सांगीतिक कार्यक्रमको तयारी पूरा भएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि चर्चित लोकदोहोरी गायिका सिन्धु मल्लसहितका कलाकारहरु जापान आइसकेका छन् ।

गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियो र गल्कोट स्पोर्ट क्लब टोकियोको संयुक्त आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा चर्चित लोक गायिका सिन्धु मल्ल, लोकदोहोरी गायिका नीता पुन मगरलगायतको प्रस्तुति रहने छ ।
यसैगरी जापानमै रहेका चर्चित गायक रामकृष्ण बम मल्ल, युवराज आचार्य, अमर गुरुङ, ऋषि पौडेल, सूर्य खड्का, बिनोद भण्डारी, कमेडियन प्रदीप कार्की लगायतका कलाकारहरूको समेत बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

विदेशमा रही नेपाली संस्ककार र संस्कृति जगेर्ना गर्नु तथा व्यस्तताका बाबजुद जापानमा रहेका नेपालीहरुबीच भेटघाटका लागि समेत कार्यक्रम महत्वपूर्ण रहेको भन्दै कार्यक्रममा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा आयोजकले अनुरोध गरेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}