Home » » काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदी दूत जोलीको पाउमा पर्ने को-को ?

काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदी दूत जोलीको पाउमा पर्ने को-को ?

काठमाडौं । राज्यका हरेक अंगबाट नराम्ररी पछारिन पुगेको, आफूलाई लोकतन्त्रवादी भन्ने तर व्यवहारमा असाध्यै अलोकतान्त्रिक नेपाली कांग्रेस भारतीय जनता पार्टीको भ्रातृ संगठनको रूपमा परिणत भएको छ । लोकतन्त्र, प्रजातन्त्र र समाजवादको नारामा आफूलाई नेपाली राजनीतिको मसिहा ठान्ने कांग्रेस पछिल्लो दिनमा भाजपाका नेता विजय जोलीको इशारामा अगाडि बढेको छ ।

भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न नदिनेदेखि मधेशी मोर्चालाई सहमति गर्न नदिने काममा समेत कांग्रेस लागेको छ । भारतले यतिखेर कांग्रेस मार्फत खेलिरहेको छ । तर आफूलाई राष्ट्रसेवक दाबी गर्ने कांग्रेस खड्ग ओली नेतृत्वको सरकारलाई असफल पार्ने, मधेशी मोर्चालाई सहमतिमा आउन नदिने तथा नाकाबन्दी कायम राख्ने योजनामा नराम्ररी फसेको छ । विजय जोली हरेक दिन कांग्रेस सभापति निवास महाराजगन्ज जान्छन् र उनकै उपस्थितिमा महामन्त्री कृष्ण सिटौला र डा. मिनेन्द्र रिजाललगायतको संयुक्त बैठक बस्छ । सोही बैठकको आधारमा सत्ता पक्षले ल्याउने जुनसुकै प्रस्तावलाई पनि असफल बनाउने योजनामा अगाडि बढ्छ । पछिल्लो दिन भारतीय राजदूत रणजित राय, रअका उच्च अधिकारी, भारतीय सेनाका पूर्व जनरल अशोक मेहतालगायतको अवाञ्छित चलखेल तथा निर्देशका आधारमा कांग्रेस चलेको स्वयम् गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले बताएकी छिन् ।
भूकम्प पीडितलाई राहत दिन रोक्ने, नाकाबन्दी खोल्नेतर्फ पहल नगर्ने, सदन समेत अवरुद्ध गर्ने, चारैतिरबाट खड्ग ओली नेतृत्वको वर्तमान सरकारलाई नाकाबन्दी गरेर असफल पार्ने दाउमा कांग्रेस लागेको छ । जोलीको योजनालाई हुबहु कार्यान्वयन गर्ने जिम्मा कहिल्यै प्रधानमन्त्री समेत हुन नसकेका र पार्टी सभापति पनि हुन नसक्ने रामचन्द्र पौडेलले लिएका छन् ।
मंगलबार साँझ सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको प्रमुख दलको शीर्ष नेताको बैठकमा समेत पौडेलले भारतको मनसाय नबुझी अगाडि बढ्न नहुने र जोली काठमाडौंमा नै रहेको भन्दै उनलाई साक्षी राखेर मात्रै सहमति हुनुपर्ने बताएका थिए । कांग्रेस नेतृ कोइरालाले त रामचन्द्र पौडेल हरेक दिन जसो भारतीय दूतावास जाने र मन्त्रणा गरेर फर्कने गरेको मोरङ–काठमाडौं समाजले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नै बताएकी थिइन् । जनआह्वान साप्ताहिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}