
|
|
काठमाडौं, २ पुस । देशकै सर्वाेच्च पद तथा गरिमा हो प्रधानमन्त्री । जसलाई सबैले सम्मान गर्छन् ।
तर, यहाँ एक व्यक्तिले थप्पड हानेर प्रधानमन्त्रीको अपमान गरेका छन् । घटना युरोपेली राष्ट्र स्पेनको हो । जहाँ बुधबार प्रधानमन्त्री मारियानो राजोएको मुखमा स्पेनको पोन्टेवेड्रा शहरमा एक युवकले कसिलो मुक्का प्रहार थिए । युवकको मुक्काले प्रधानमन्त्रीको मुखमा गम्भीर चोट लागेको समाचार एजेन्सीले जनाएका छन् । यसैगरी उनको चश्माको शीशा समेत टुटेको छ ।
मुक्का खाएपछि प्रधानमन्त्रीको रातो गाला
एक प्रचार अभियानका क्रममा जनतासँग भेटघाट गरिरहेका बेला प्रधानमन्त्री मारियानोमाथि आक्रमण भएको हो । एक जना नागरिकसँग कुराकानी गरिरहेका बेला दायाँ साइडमा उभिएका युवकले उनको मुखमा थप्पड हानेर भाग्ने प्रयास गरेका थिए । तर, त्यहाँ खटिएका प्रहरी र उपस्थित जनताले समातेका थिए ।
स्पेनका सञ्चारमाध्यमका अनुसार मारियामाथि एक १७ वर्षीय युवकले उनको बायाँ गालामा थप्पड हानेका थिए । यो झापडले उनको चश्माको शीशा टूट्यो र उनलाई गम्भीर चोट पनि लाग्यो । घटनालगत्तै युवकलाई गिरफ्तार गरियो ।
प्रधानमन्त्री मारियानाले घटनापछि आफू ठिक भएको बताए तर, वाया तर्फको गालामा रातो निशान रहेको छ । समाचार अनुसार सेल्फी लिने बहानामा ति युवकले प्रधानमन्त्रीमाथि आक्रमण गरेका हुन् । (एजेन्सीको सहयोगमा)
हेर्नुस् भिडियोः

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

