Home » » फेरि बढ्यो लोड्सेडिङ, आएको समयमा पनि सचेत भएर विजुली प्रयोग गर्न प्राधिकरणको आग्रह (तालिका सहित)

फेरि बढ्यो लोड्सेडिङ, आएको समयमा पनि सचेत भएर विजुली प्रयोग गर्न प्राधिकरणको आग्रह (तालिका सहित)

काठमाडौं, ३ पुस । नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि फेरि लोडसेडिङको समय बढाउने भएको छ । बिजुलीको उत्पादन कम भएको भन्दै दिनमा दुई घण्टासम्म लोडसेडिङ लम्ब्याउने प्राधिकरणले जनाएको छ । दिनमा १० घण्टासम्म लोडसेडिङ हुने भएको छ ।

नदीमा पानीको बहाव घटेर बिजुली उत्पादनमा ह्रास आएपछि हाल सातामा ५६ घण्टा लोडसेडिङ गरिरहेको प्राधिकरणले फेरि लोडसेडिङ बढाएको हो ।
प्राधिकरणले उपभोक्तालाई खाना पकाउने समयमा कम बिजुली कटौती गर्ने जनाएको छ । तर, बिजुली पर्याप्त नभएकाले उपभोक्ताले पनि सचेत भएर कम खपत हुने गरी विद्युतीय सामग्री चलाउन आग्रह गरेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}