
|
|
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीकै कारण चीनसँग इन्धन व्यापार सम्झौता रोकीएको तथ्य सार्वजनिक भएको छ । भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएपछि देशभर इन्धनको हाहाकार मच्चीरहेका बेला प्रधानमन्त्री ओली भने भारतबाटै तेल आइहाल्छ नी भन्ने मान्यतामा रहेका छन् ।
असोज ७ गतेबाट भारतले नेपालमा सम्झौता विपरित इन्धन लगायतका अत्यावश्यक वस्तुहरुको आयातमा रोक लगाएको थियो । अहिले फेरि बिस्तारै नाका सहज पारेको भान दिन थालेपनि उस्को माग पुरा नहुन्जेलसम्म भारतले् यसरी नै बेला बेलामा सहज र बेला बेलामा कडा पार्ने नीति लिएको छ । भारतले इन्धन आयात रोकेपछि नेपाल सरकारले चीनसँग विकल्प खोजेको थियो । खरिद सम्झौता गरेपछि व्यापारिक सम्झौता गर्न भने सरकारले आलटाल गरिरहेको छ ।
कात्तिक १८ गते चीनमा नै इन्धन सम्झौता भएको थियो । कुल मागको कम्तिमा ३३ प्रतिशत इन्धन ल्याउनेगरि गरिएको सम्झौता अहिले अलपत्र छ । चिनियाँ सरकारले मन्त्रपरिषद्बाटै निर्णय गर्न र उच्च तहको राजनीतिक भ्रमण मार्फत् प्रतिवद्धता जनाउन भनेकामा सरकार चुप बसेको छ । अझै प्रधानमन्त्री ओलीले आफ्नो सपना चकनाचुर भएको बताइरहेको अवस्थामा चिनियाँ सहयोगलाई सहज रुपमा स्विकार गर्न नचाहेको पनि देखिन्छ ।
चीनले नै रसुवागढीदेखि गल्छी सम्मको सडक गर्ने सम्मको बचन समेत दिइसकेको अवस्थामा सरकार उदासीन बन्दा आम जनता थप मारमा पर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीको सरकारलाई ढाल्न पनि षड्यन्त्रहरु भैरहेका छन् । ओलीले यही कुरा बुझेर पनि चिनसँग नजिक नहुनु राम्रो सोचेका होलान् । भारतले उनलाई घुमाउरो भाषमा धम्की दिइरहेको छ । भारतले चीनसँग इन्धन किने सरकार त्यही दिन सरकार ढल्ने धकी दिएको उच्च स्रोतको दाबी छ ।
ओलीले पनि यो कुरा बुझेकाले चुप बसेको आरोप लाग्न थालेको छ । यता नेपाल भित्रै पनि प्रचण्डलाई उचालेर ओली सरकार गिराउने कसरतमा कांग्रेस लागेको, उता भारत झन चिढिने सम्भावना रहेकाले ओली चुप बसेको बताइन्छ । चीनसँग इन्धन किन्नेबारेमा मन्त्रीपरिषद् मौन बस्नु यसको गतिलो उदाहरण हो । अझ चीनसँगको उच्च सम्बादमा जाने भनेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा बेलायत तीर लाग्नुले पनि यसको पुष्टि गर्छ । आखिर कस्का कारण ओली डराए वा काम गर्न सकेनन् ? त्यो भविश्यमा देखिएला । तर, जनताले आश गरेका व्यक्ति नै उदाशीन हुँदा भने समस्या झनै भयावह बन्ने देखिन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
