Home » » डा. बाबुरामले दिए समाधानका चार सूत्र

डा. बाबुरामले दिए समाधानका चार सूत्र

आन्दोलनको स्वरुप बदल्न आह्वान
२९ मंसिर, काठमाडौं । एमाओवादीबाट निस्केर नयाँ शक्ति अभियानमा लागेका डा. बाबुराम भट्टराईले तराई आन्दोलन र भारतीय अघोषित नाकाबन्दीको समाधानका लागि समाधानका लागि चार सुत्रीय ‘फर्मूला’ अघि सारेका छन् ।
अहिलेको अवस्थाबाट भूकम्पपीडित तथा सर्वसाधारण जनता थेग्नै नसक्ने जीवनमरणको दोसाँधमा पुगेको र हालसम्मका लोकतान्त्रिक उपलब्धी गुम्ने खतरा रहेको भन्दै उनले फेसबुकमार्फत ‘तत्काल निकासका निम्ति’ प्रस्ताव गरेका हुन् ।

डा. भट्टराईले पहिलो नम्बरमा सरकार र सरकारसम्बद्ध दलहरूले सीमांकन लगायतका सबै समस्या संविधान संशोधन मार्फत प्याकेजमा हल गर्ने ठोस प्रतिबद्धता जनाउनुपर्ने उल्लेख गरेका छन् । यसका लागि स्वतन्त्र व्यक्तिहरूको मध्यस्थतामा आन्दोलनकारीहरूसँग गम्भीर र सार्थक वार्ता थालनी गर्नुपर्ने उनको प्रस्ताव छ ।
साथै आन्दोलनकारीले माग यथावत राख्दै आन्दोलनको रुप बदल्नुपर्ने उल्लेख गर्दै डा. भट्टराईले आमहड्ताल र बन्द तथा सीमा अवरोधको सट्टा सरकार प्रशासन केन्द्रित वा सत्याग्रह प्रकृतिका आन्दोलन गर्ने, आन्दोलनको केन्द्र काठमाण्डौ बनाउने र संसदको संघर्ष जारी राख्न सुझाव दिएका छन् ।
तेस्रो बुँदामा उनले लेखेका छन्, ‘नागरिक अगुवा लगायत सबै समुदाय (खस-आर्य, आदिवासी-जनजाति, मधेसी-थारू) र सरोकारवालाहरूको संयुक्त पहल र नेतृत्वमा राजधानीमा समस्या समाधानमुखी प्रभावकारी सत्याग्रह प्रकृतिका कार्यक्रम गर्ने ।
अन्तिम बुँदामा उनले भारत सरकारसंग उच्चस्तरीय कुटनीतिक संवाद गर्नुपर्नेमा जोड दिएका छन् भने भारतले अघोषित नाकावन्दी अघोषित रूपमै फिर्ता लिनुपर्ने उल्लेख गरेका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}