Home » » बागलुङका व्यवसायी नेताले कसम खाए

बागलुङका व्यवसायी नेताले कसम खाए

बागलुङ— दुई कार्यकाल पुरा गरेर विदाई भएका बागलुङ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले नवनिर्वाचित अध्यक्ष जयराम भारी सहित १९ जनालाई सपथ खुवाएर आफ्नो कार्यकालबाट विदाई भएका छन् । निवर्तमान अध्यक्ष श्रेष्ठले नयाँ अभ्यासको थालनी गर्दै पूर्व अध्यक्षहरु लगायत सरोकारवालालाई साँझी राखेर व्यवसायीका पक्षमा निस्पक्ष भएर काम गर्नेछौँ भन्ने सपथ खुवाए । ‘नयाँ अभ्यासको थालनी गर्नुपर्छ भनेर सबैलाई साक्षी राखेर सपथ खुवाएको हो,’ निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘यसले व्यवसायीप्रति थप उत्तरदायी बढाउने छ भन्ने विश्वास हो ।’ संघको विधानअनुसार काम गर्ने र व्यवसायीका हक हित र अधिकारका लागि आफुहरु कटिबद्ध रहने भन्दै सपथ खाएका छन् । श्रेष्ठले भारीलाई पिन र कुर्ची हस्तान्त्रण गरे ।

सपथ ग्रहण कार्यक्रममा नवनिर्वाति अध्यक्ष जयराम भारीले आफुँ व्यवसायीक हितको पक्षकामा काम गर्न प्रतिवद्ध रहेको बताए । ‘निर्वाचनमा बेला व्यावसायीका बीचमा देखिएका मतभेत अन्त्यका लागि मैले पहल गर्छु,’ भारीले भने,‘आगामि दिनमा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ सो अवसरमा भारीले उद्योण बाणिज्य सघंलाई व्यवस्थीत गराउनका लागि सबै संग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताए । सघंलाई आर्थिक रुपमा सम्मृद्ध बनाई जिल्लाको पर्यटन एबं समग्र क्षेत्रको बिकासका लागि सबैबाट सहयोग पाउने अपेक्षा समेत व्यक्त गरे ।

सो अवसरमा बागलुङ्ग उद्योग बणिज्य महासघंका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठ, पुर्व अध्यक्ष हरी प्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष एबं राष्ट्रिय उपभोक्ता महासघंका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, निर्वाचन समितिका संयोजक राजु गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष भारी सहित उद्योग सदस्यमा हेम बहादुर खत्रि, प्रकाश आचार्य, महिला सदस्यमा सम्झना कडेल, अर्चना पालिखे सहित सदस्यमा निर्वाचित उमाकान्त शर्मा बाबु, उमेश केसी, अर्जुन चोखाल, कमल श्रेष्ठ, राजकुमार श्रेष्ठ, दयाराम पौडेल, पुर्ण बहादुर केसी, सिव प्रसाद कडेल, नरेस कडेल,संजय कुमार श्रेष्ठ, दिपक हमाल,बिदेश श्रेष्ठ, शसि कपुर श्रेष्ठ, र अर्जुन घिमिरेलाई सपथ ग्रहण गराईएको थियो ।
कार्यक्रम नवनिर्वाचित अध्यक्ष भारीको अध्यक्षता, निवर्तमान उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत मन्तव्य र राधा मल्लको संचालनमा सम्पन्न भएको थियो ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}