Home » » उद्योग बाणिज्य संघ बागलुङको निर्वाचनमा ९३ प्रतिशत मतदान

उद्योग बाणिज्य संघ बागलुङको निर्वाचनमा ९३ प्रतिशत मतदान

बागलुङ—नयाँ नेतृत्व चयन गर्नको लागि बागलुङ उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । आज सम्पन्न मतदानमा ९ सय ६३ जनाले मतदान गरेका छन् । एक हजार ३१ जना मतदाता रहेकोमा ६८ मत खसेनन् । अध्यक्षमा संघका पूर्व अध्यक्ष धु्रवराज गौतम र महासचिब जयराम भारीको नेतृत्वमा दुई प्यानलनै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । निर्वाचनमा करिब ९३ प्रतिशत मत खसेको छ । मत गणना आज ८ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
एक अध्यक्ष, दुई उद्योग सदस्य, दुई महिला सदस्य र १४ खुल्ला सदस्यका लागि निर्वाचन हुने निर्वाचनमा ४५ जना चुनावी मैदानमा छन् । गौतम र भारी प्यानलका १९÷१९ जना तथा स्वतन्त्रका सात जना उम्मेदवार छन् । गौतम र भारी दुवै नेपाली कांग्रेस निकटका व्यवसायी भए पनि दुवैले छुट्टा प्यानल बनाएरका छन् । अध्यक्षका प्रत्यासी गौतमले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा निकटका व्यवसायीको साथ लिएका छन् भने भारीले एकीकृत नेकपा माओवादी निकटका व्यवसायीलाई साथमा लिएका छन् ।

उद्योगतर्फको सदस्य पदमा गौतम समूहबाट हेमबहादुर खत्री र प्रकाश आचार्य भारी समूहबाट निलेश राजभण्डारी र राजनकुमार शाक्यले उम्मेदवारी दिएका छन् । यस्तै महिला सदस्यमा गौतम समूहबाट लक्ष्मी शाक्य र सम्झना कँडेल, भारी समूहबाट मनमाया श्रेष्ठ र अर्चना पालिखे रहेका छन् ।
खुल्ला सदस्यतर्फ गौतमको समूहबाट राजकुमार श्रेष्ठ, दयाराम पौडेल, नरेश कँडेल, बद्री ढुङ्गाना, सञ्जयकुमार श्रेष्ठ, दुर्गा कुँवर, शिवप्रसाद कँडेल, भोजराज रेग्मी, केशरबहादुर थापा (केशव), पूर्णबहादुर केसी, भवनराज बराल, दीपक हमाल, करिमदिन मियाँ र थानेश्वर सुवेदी छन् । त्यस्तै भारीको समूहबाट खुल्ला सदस्यतर्फ उमाकान्त शर्मा बाबु, उमेश केसी, अर्जुन चोखाल, कमल श्रेष्ठ, शशिकपुर श्रेष्ठ, विदेशकुमार श्रेष्ठ, छविलाल सुवेदी, विजय शर्मा अधिकारी, नारायण पौडेल, गणेशराज लम्साल, अर्जुन घिमिरे, नविनकुमार श्रेष्ठ, ओमप्रकाश गौतम र हरिप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् ।
यस्तै स्वतन्त्र रुपमा प्रचण्ड राजभण्डारी, भुपेन्द्र खड्का, सन्दिप खड्का, राजु कँडेल, रामराज गुरुङ र सुधिर श्रेष्ठले उम्मेदवारी दिएको निर्वाचन समितिका संयोजक राजु गौतमले जानकारी दिए । स्वतन्त्रबाट उम्मेदवारी दिए पनि प्रचण्ड राष्ट्रिय जनमोर्चा, भुपेन्द्र नेकपा एमाले, सन्दिप र राजु पूर्व राजाबादी, रामराज कांग्रेस, सुधिर बिप्लब माओवादी, तारा कुमारी राप्रपा नेपाल निकटका व्यवसायी हुन् । संघमा १ सय १२ जना आजीवन र ९ सय १९ जना साधारण सदस्य गरी कुल एक हजार ३१ जना मतदाता रहेका छन् । अध्यक्षमा गौतम र भारीबीच कडा प्रतिस्पर्धा हुने बताईएको छ । अध्यक्षमा दुवैले करिब ५० मत अन्तरमा विजयी हुने दाबी गरिरहेका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}