
|
|
काठमाडौं, पुस ५/संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको समस्या समाधान भए वा नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्दा मुलुकको हित हुने दाबी गर्दै भने, ‘गैर जिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन’ उनले थपे, ‘आफू छिट्टै भुतपूर्व हुने देखेर होला ओली विशिष्टहरुको सुविधा बढाउने तिर लागेका ।’
अध्यक्ष यादवले बालुवारटार र बालुवाटार नेक्ससले कालो धनबाट लाभ लिइरहेकाले समस्या समाधान गर्न नचाहिरहेको आरोप लगाए । बालुवाटार अहिले कालोवजारीबाट लाभ लिईरहेकोले त्यसैलाई उपलब्धि ठानिरहेको यादवको भनाई थियो ।
अध्यक्ष यादवले आरोप लगाउँदै भने, ‘सरकार आन्दोलन लामो होस भन्ने चाहन्छ । वीरगञ्ज बाहेकका नाकाबाट सयौ टयाङकर र बुलेट आउँछन, बिराटनगरसहितका ठाँउमा तेल राख्ने ठाँउ छैन ती तेल सबै ब्लाक मार्केटमा जान्छ । सरकार यसैमा लाइरहेका छ ।’
उनले समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको दाबी गर्दै भने, ‘जब जब समस्या समाधानतिर जान्छ तब तब प्रधानमन्त्री गल्लीको डन र माफीया जस्तै बोल्छन । मधेसी जनतालाई जनावर जस्तो गैरजिम्मेवार भाषा बोल्नु प्रधानमन्त्री पदकोलागि सोभनीय हुँदैन ।’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अतिवादले समस्या पारेको हो ? भनि सोधिएको प्रश्नमा उनले उत्तर र दक्षिणबाट आएको अतिवादीले देशको हिन नहुने स्पष्ट पार्दै भने, ‘एउटा अति राष्ट्रबाद र अर्को पहाडे समूदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन जुन तराईमा देखिएको छ । यसले जनताबीचको दुरी बढाउँदै छ । यो दुबै खाले चिन्तन असह्य हुँदैछ । यसले मुलुकको हित गर्दैन । अन्ध राष्ट्रबादले केही दिन जनतालाई फकाउन त सकिन्छ तर, यथार्थ बुझेपछि जनता आन्दोलनमा आउँछन ।’
अध्यक्ष यादवले मधेसमा भईरहेको आन्दोलन पहाडे वा मधेसी कुनै पनि समूदायको विरुद्ध नभई विभेद विरुद्धको संघर्ष भएको भन्दै खस क्षेत्रीहरुसमेत विभेदमा परेकोले आन्दोलनलाई कसैको पक्ष विपक्षमा बुझ्न नहुने तर्क गरे ।
विश्वासिलो आधार भए तीन महिनापछि सीमांकन टुङ्ग्याउने कुरामा समेत सहमति हुन सक्ने भएपनि पटक पटक धोका पाईकेकोले विश्वास गर्ने आधार नभएको तत्काल समाधान हुनु पर्ने अडान ब्यक्त गर्दै उनले ‘राजनीतिक समाधान किस्ताबन्दी र सेमेष्टर प्रणालीमा हुन्छ ?’ भनि प्रश्न गरे । उने भने, ‘पछि गरौला भनेर टार्ने काम भईरहेको छ । धेरै सहमति कार्यान्वयन नभएकोले विश्वास छैन । पहिला विश्वासको आधार हुनु बन्नु पर्छ ।’
उनले समस्याको समाधान नहुन्जेलसम्म आन्दोलन नरोकिने र वीरगञ्ज नाकाको धर्ना समेत नहट्ने स्पष्ट पार्दै तराईसँग आन्दोलनको विकल्प नै नभएको तर्क गरे । उनले भने,‘राज्य संबेदनशिल नभएकोले नयाँ आन्दोलन गर्नु परेको हो ।’
मधेसको माग न्यायोचित रहेकोले त्यसलाई समाधान गर्नु पर्छ भन्ने निष्कर्सका साथ कांग्रेससँगको बार्ता राम्रो भएको भएको उल्लेख गर्दै अध्यक्ष यादवले बातावरण बनेको बेला विथोल्न कुनै घटना घटाउने गरिएको प्रति चिन्ता ब्यक्त गरे ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

