
|
|
भारतीय राजनीतिमा गान्धी परिवारलाई सधै उच्च सम्मान साथ हेरिन्छ । फोहोरी राजनीतिको खेलमा भारत विश्वको अंग्रपत्तिमा छ । तर, पनि कुनै दलले गान्धी परिवार माथि त्यस्तो अपमान गरेका छैनन् जुन मेरो देशको राष्ट्र प्रमुख विद्या भण्डारीमाथि भयो । भारतमा छोटो समय प्रधानमन्त्री भएका राजीव गान्धिको मृत्युपछि भारतीय जनताले सोनिया गान्धीलाई सधै सम्मान र आदर पूर्वक हेर्ने गरेका छन् । सन् १९८४ देखि १९८९ सम्म भारतको प्रधानमन्त्री भएका राजीव गान्धीको ४६ बर्षको युवा उमेरमा मृत्यु भएपछि गान्धी परिवारमा सोनिया गान्धीको उदय भयो । भारतीय राजनीतिमा फेरी गान्धी परिवारको खोजी भयो । इटालीमा जन्मिएको भएपनि राजीव गान्धीकी श्रीमतिको नाताले सोनियाको उदय भयो । उनी राजनीतिमा अब्बल सावित हुदै काग्रेंस आईकी अध्यक्ष सम्म चयन भइन् । राजनीतिमा आएपछि प्रधानमन्त्री हुने कयौ अबसर आएपनि उनले त्यसको लोभ गरिनन् । भारतको राजनीतिमा सोनिया गान्धीको उदारताको विपक्षी दलले पनि अहिले बर्णन गर्छन् । पतिको मृत्युपछि परिवार र भारतीय राजनीतिमा सोनियाले निभाएको कर्तब्यको उच्च सम्मान गर्छन, भारतीय जनताले । भारतको राजनीतिमा सोेनिया गान्धीका छोरा राहुल गान्धी र प्रियंका गान्धीको पनि राम्रो पकड छ । पछिल्लो समयमा कट्टर हिन्दूवादी भनिएका भारतीय जनता पार्टीले (बिजेपी) ठूलो परिमाणमा मत हासिल गरी विजय प्राप्त गरेपनि गान्धी परिवारलाई अपमानित हुने ढंगले काम गरेको छैन । भारतीय जनताले सोनिया गान्धिलाई संसारका शक्तिशाली महिलासंग तुलना गर्ने गर्दछन् । विश्वकै ठूलो जनसंख्या भएको देश भारतमा फरक राजनीतिक विचार भएका कयौं राजनीतिक पार्टी छन् । तर, कसैले पनि त्यस्तो धृडित र निकृष्ट काम गरेका छ्रैनन्, जुन किसिमको घटना नेपालका राष्ट्र प्रमुख विद्या भण्डारीमाथि भयो । ढुड्गे यूगमा महिला माथि हुने धेरै हिंसाका घटना भन्दा पनि २१ औं शताब्दीमा नेपालमा भएको यो घटना बर्बर छ । ‘जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारीको प्रवेशपछि मन्दिर अशुद्ध भयो भनेर जल छर्कियो’, यो समाचार सुन्नु र पढ्नु भन्दा केही अगाडि म टाईम्स म्यागेजिनमा ‘पर्सन अफ द एयर २०१५’ घोषित जर्मन चान्सर एन्जीला मार्करको सम्बन्धमा पढ्दै थिए । मार्करसंगै मेरो देशको महिला राष्ट्रपतिको तुलना गर्दै थिए । त्यसपछि सिएनएन खोलेर हेर्दै थिए, त्यहा पनि अमेरिकी राष्ट्रपति दौडमा रहेकी हिलारी क्लीन्टनको नै चर्चा छ । जताततै महिला कै चर्चा छ । विश्वमा नै महिला शक्तिशाली भइरहेको अबस्थामा मलाई पनि मेरो देशमा राष्ट्रपति महिला भएकोमा निकै गर्वको महसुस भइरहेको थियो, त्यो समय ।
विद्या भण्डारी राष्ट्रपति भएपछि विश्वका प्रमुख समाचार संस्था बिबिसी, सिएनएनलगायतले प्रमुखताका साथ समाचार सम्प्रेषण गरे । नेपालका पहिला महिला राष्ट्रपति भएकोमा हामी नेपालीलाई मात्र हैन विश्वका महिलाले गर्बको महसुस गरिरहेका थिए । तर, एक्कासी नेपालको समाचार हेरेपछि मन निकै दुःखीत भयो । जानकी मन्दिरमा विद्या भण्डारीमाथि भएको घटनाले म आफैलाई नेपाली भन्न पनि लाज लाग्ला जस्तो पो भएर आयो । समाचार खोलेको एक पलमा नै ‘जानकी मन्दिरमा विद्या भण्डारीको प्रवेशले मन्दिर अछुतो भयो, ’ भन्ने समाचारले मन कुडियो । मघेसी मूलबाट राष्ट्रपति डा. रामवरण यादव पनि विदूर नै हुन् । यादव कयौं पटक मन्दिर गए त्यस्तो घटना सुन्नु परेन । अहिलेको यो घटना २१ औं शताब्दिका नेपालीको सोच हुनै सक्दैन जस्तो पनि लाग्यो । अनलाईन समाचारका न्युज विश्वास नलागेर केही च्यानल पनि हेरे । आखिर कुरा त्यही रहेछ । यस्तो घृणित काम त एलियन पनि गर्न सक्दैनन् होला, भन्ने लाग्यो । यो घटनालाई पशुसंग पनि तुलना गर्न सकिन । किन भने अमेरिकामा पशुलाई पनि सम्मानपूर्वक हेरिन्छ । यो घटनाले पशुको पनि अपमान हुन्छ जस्तो लाग्यो । महिला आरक्षण, महिलाका हक र अधिकारमा सधै अगाडि रहेको नेपालमा किन यस्तो घटना भयो ? अझ हामीले महिलालाई विधवा पनि हैन एक महिला भन्न रुचाउछौं । महिलालाई गरिमामय पदमा पुर्याउछौ । अनि महिलाकै अपमान गछौं । यो कुनै पनि हालमा हाम्रो सस्कृति हुनै सक्दैन । नेपालको केही राजनीति दलले महिलामा माथि देखाएको सादासयताको त्यो सम्पूर्ण ‘क्रेडिट’ अहिलको यो घटनाले गुमेको छ । महिला एउटा देवी पनि हो । आमा पनि हो । सरस्वती र लक्ष्मी पनि महिला नै हो । विद्याकी देवी र नेपाल आमा यस्तो अपमान कसरी भयो ? यो घटनाले मेरो मन मात्र हैन, धेरै नेपालीको मन दुःखको छ । घटनामा दोषिलाई हदैसम्मको कडा कारवाही गर्नेमा सरकार किन उदासिनता छ ? प्रवासमा रहदा यस्ता धेरै प्रश्नहरु उब्जिएको छ । किन भने मेरो आमा पनि एकल नै हुनुहुन्छ । त्यसैले पनि यो समाचारले मेरो मन धेरै बिझायो । मेरो मात्र हैन, होला आफ्नो आमा, दिदी, बहिनीलाई माया गर्ने हरेकको मन दुखेको छ । विश्वको सक्तिसाली महिलाको सूचीमा राखेर विद्या भण्डारीलाई सम्मान गर्नु पर्नेमा यस्तो चरित्र देखाएर हामीले आफ्नै अपमान गरेका छौं । ‘आकासमा थुक्यो भने आफ्नै मुखमा पर्छ’,सबै नेपालीलाई चेतना होस् ।
लेखक: सन्जोग आचार्य

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

