
|
|
महेन्द्र ०७२ पुष ४ । द लुक्स फेशन हाउसव्दारा आयोजित प्रथम मिस एण्ड मिसेस धौलागिरि प्रतियोगिता शनिवार पर्वतको सदरमुकाम कुस्मामा सम्पन्न भएको छ । धौलागिरिमै पहिलो पटक सम्पन्न भएको सुन्दरी प्रतियोगिताको ताज निरुता भण्डारीले हासिल गरेकी छन् ।
बागलुङ घर भएकी १९ वर्षीया भण्डारी पहिलो धौलागिरि सुन्दरी बन्न सफल भएकी हुन् । प्रथम सुन्दरीको ताज पहिरेकी भण्डारीले आफू दीनदुःखीको सेवामा समर्पित हुने ईच्छा सुनाईन् ।
सुन्दरी प्रतियोगितामा जम्मा १२ जना मिस र मिसेसहरु सहभागी भएका थिए । सहभागीहरु पर्वतसँगै बागलुङ र म्याग्दीका समेत रहेका थिए ।
त्यसैगरी पर्वतको कुस्माकी वर्ष १८ की प्रितिजा गुरुङले फस्ट रनर अप र सेकेण्ड रनर अपको उपाधी म्याग्दी तातोपानी घर भएकी १९ वर्षीया सविता नेपालीले हात पारिन् ।
मिस धौलागिरि प्रथम हुनेले बुटवलमा हुने सुन्दरी प्रतियोगितामा भाग लिने अवसर पाउने आयोजक रविन्द्र बज्राचार्यको भनाई छ । करीव एक महिना पहिलाबाट सुन्दरी प्रतियोगिताको तयारी गरिएको प्रतियोगिताको संयोजक ईन्दु शर्माले जानकारी दिईन् । सुन्दरी प्रतियोगिताका सहभागीहरुले भाग लिनका लागि विभिन्न चरणहरु पार गर्नु परेको थियो ।
सुन्दरी प्रतियोगितालाई भव्य बनाउन आयोजक पक्ष सक्रिय भई लागेको थियो । प्रतियोगितामा सहभागीको संख्या केही कम भएपनि कार्यक्रमलाई सफल बनाउन आयोजकको मिहिनेत कम थिएन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

