Home » » हिम्मत भए सेना परिचालन गरेर देखाउ- उपेन्द्र यादव

हिम्मत भए सेना परिचालन गरेर देखाउ- उपेन्द्र यादव

संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले सरकारलाई हिम्मत भए सेना परिचालन गरेर देखाउन चुनौती दिएका छन् ।

धनुषाको ढल्केवलमा आयोजित संयुक्त मधेशी मोर्चाको सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सेना परिचालनको गफ लगाउनेहरुले हिम्मत भए सेना परिचालन गर्नु पर्ने चुनौती दिए ।

जनतालाई सेना परिचालनको धम्की नदिनु राम्रो हुने भन्दै उनले नाकाबन्दी भारतले नभएर मधेशी जनताले गरेको दावी गरे । उनले काठमाडौंमा अहिले पनि डिजेल पेट्रोल पाइने भएकाले सरकारले आफ्ना माग नसुनेको तर जव सिंहदरवारमा समेत पेट्रोल पाइन नछोडे सम्म समस्याको समाधान नआउने बताए ।

सरकारको नयाँ सुरक्षा नीतिलाई मधेशी जनता दमन नीतिको सज्ञा दिए । अहिलेको समस्या समाधान बन्दुकबाट नहुने भन्दै उनले बन्दुक भएका ज्ञानेन्द्र र राणाले आफ्नो शासन जोगाउन नसकेको स्मरण गराए ।

मधेसका जनताको अधिकार स्थापित नभए सम्म नाकामा अवरोध जारी रहने बताउँदै उनले अहिलेको आन्दोलन मधेशका मात्र नभएर हिमाल र पहाडका पनि शोषित पीडितहरुको आन्दोलन भएको दावी गरे ।

असमानता, भेदभाव र शोषण विरुद्धको आन्दोलनमा नाकाबन्दी अवज्ञा आन्दोलनकोरुपमा भएको भन्दै उनले मधेशका जनताले अधिकार नपाए सम्म आन्दोलन नरोकिने स्पष्ट पारे ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}