Home » » नाकाबन्दी हुनुमा दुवै देशको कमजोरी- अशोक महेता

नाकाबन्दी हुनुमा दुवै देशको कमजोरी- अशोक महेता

नेपाल मामलाका जानकार भारतीय पुर्व जनरल अशोक मेहताले सिमामा भएको नाकाबन्दीमा दुबै देशको कमजोरी रहेको बताएका छन् ।

नेपालको अवस्थाले भारतलाई झनै बढी खतरा – भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

बुधबार काठमाडौंमा आयोजित आयोजित साक्षात्कारमा उनले नाका रहेको अबरोध हटाउन दुबै देशले पहल गर्नुपर्ने सुझाव दिए ।

सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धी यताका सबै महत्वपूर्ण परिवर्तनमा भारतको कुनै न कुनै भुमिका रहेको बताउँदै पछिल्लो परिवर्तनमा समेत भारतको शुभेक्षा आवश्यक भएको उनले बताएका छन् ।

तस्विर सौजन्यः रविन अधिकारी

नयाँ संविधानलाई म्याग्नाकार्टाको संज्ञा दिँदै जनरल मेहताले यो महत्वपूर्ण राजनीतिक दस्तावेश सबैको साझा दस्तावेज हुनुपर्नेमा जोड दिए । आफूलाई नेपालको असल शुभेक्षुक बताउँने जनरल मेहताले नेपालीहरु भावनामा बहकिएर धारणा बनाउने गरेका कारण समेत समस्या समाधानमा जटिलता थपिने गरेको बताए ।

आफूले भारत सरकारको आधिकारिक धारणा बनाउन नसक्ने बताउँने उनले भारतीय पक्षलाई समेत खुला छलफलबाट समस्या समाधानमा अग्रसरता लिन आग्रह गरे । नेपालको हरेक समस्यामा साथ र सहयोग गर्दै आए पनि सधै भारतको आलोचना हुने गरेकोमा उनको गुनासो थियो ।

अशोक मेहताले नेपालबारे नियमितरुपमा टिप्पणी गर्दै आएका छन्

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}