Home » » उद्योग वाणिज्य सघं बागलुङको महाधिवेशन नजिकिँदै , बढ्दै चुनावी माहोल

उद्योग वाणिज्य सघं बागलुङको महाधिवेशन नजिकिँदै , बढ्दै चुनावी माहोल


बागलुङ, मंसिर १६ गते । उद्योग बाणीज्य संघ बाग्लुङको १६ औ महाधीबेशनको उद्घाटन उपप्रधान एवं सहकारी तथा गरीबी निवारण मन्त्री चित्र बहादुर केसीले गर्नुहुने भएको छ । सघंको आगामी मंसीर २१ गते देखि हुने महाधिवेशनको उद्घाटन मन्त्री केसीले गर्ने उद्योग वााणिज्य सघं बागलुङका अध्यक्ष बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशन नजिँकिँदै गर्दा आ्आफनो प्यानललाई विजयी बनाउन भन्दै बागलुङबाट दुई टोली जिल्लाको विभिन्न स्थानमा प्रचारी अभियानमा हिँडेको छ । अध्यक्षमा दाबेदार गर्दै दुई टोलीले ग्रामीण क्षेत्रमा रहेका उद्योगी ब्यबसायीलाई भेट गरी भोट माग्दै हिडेको पाईएको छ । आजै एक टोली बुर्तिबाङ आएको छ । जसअन्तर्गत दाबेदार,उमेदवार जयराम भारी सहितको एक टोलीले बुतिबाङ स्थीत उद्योगी ब्याबसायी संघहरु संग अहिले छलफल गरिरहेकोे बताईएको छ ।
बुर्तिबाङमा उद्योग बाणिज्य संघको सदस्यता नबीकरण गरेका ३९ जना सदस्य रहेका छन् । चुनाबी सरगर्मी बढ्दै जाँदा उक्त मत महत्वपुर्ण भएकाले टोलीले मत माग्दै आज बुर्तिबाङ बजारमा आईपुगेको भारीको भनाई रहेको छ ।
यसैबिच ,अध्यक्षको दाबेदार अर्को टोलीमा धुर्व प्रसाद गौतमले आजै कुस्मीसेरामा रहेका ब्याबसायीसंग भेटभाट गर्नुभएको छ । १६ औँ अधिबेशनमा अध्यक्ष पदको दाबेदारीमा उम्मेद्धवारी दिने गौतम संघका पुर्व अध्यक्ष हुनुहुन्छ भने भारी बर्तमान महासचिब हुनुहुन्छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}