
|
|
काठमाडौं, ६ पुस । गत पुस १ गते विवाहपञ्चमीका अवसरमा जानकी मन्दिरको दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुग्दा विरोध भन्दा गाली बेइज्जत बढी भयो । अपमानित गर्ने शब्दहरु र हर्कतले सबैको ध्यान तान्यो । मन्दिर तोडफोडदेखि ‘चोख्याउने’सम्मका हर्कत स्थानीय आन्दोलनकारीले गरे । तर, यसमा एक जना सरकारी शिक्षकले त पुरै सीमा पार गरेर राष्ट्रपतिलाई तथानाम गाली गरे ।
उनको नाम हो प्रदीप झा । जसले पुरै नेपाली जनता र राष्ट्रपति पदको गरिमालाई माटोमा मिलाए । अरुलाई सद्गुण सिकाउने झा आफै सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारीलाई आपत्तिजनक शब्दहरु प्रयोग गर्दै तथानाम गाली गरेका छन् । सामाजिक सञ्जालमा फैलिएको उनको टिप्पणीमा, ‘यसपालीको विवाह पञ्चमीको रौनक अलच्छिन विधवा देवी भण्डारीले समाप्त पारिन् । ठिकै भनिन्छ कि शुभ कार्यमा अलच्छिन र विधवालाई उपस्थिति हुनु हुँदैन । यहाँ त एउटै महिलामा दुवै गुण थियो ।’ लेखिएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

