Home » » राजधानीमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते, चालक फरार

राजधानीमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते, चालक फरार

काठमाडौँ, ६ पुस । भारतीय ट्रकको ठक्करबाट राजधानीमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । चन्द्रागिरी नगरपालिका–८ बलम्बु स्थित दाउरा डिपो नजिक युपी २५ एपि १०१९ नम्वरको भारतीय ट्रकले बा.६३ प १४१७ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिदाँ गम्भीर घाइते भएका चालक चन्द्रागिरी नगरपालिका–१७ बलम्बु बस्ने २० बर्षीय युगल श्रेष्ठको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

उक्त दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई बा.६७ प ८८२९ नम्बरको अर्को मोटरसाइकललाई समेत ठक्कर दिंदा चालक बत्तिसपुतली बस्ने सप्तरी ईनरुवा फुलवरीया–३ घर भएका ३१ बर्षीय रोशन कुमार चौधरी घाइते भएकोले बागेश्वरी अस्पताल सतुंगलमा लगिएको छ । ३ वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार ट्रक चालकको खोजतलास गरिरहेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}