Home » » यस्तो पीडा कम गर्न औषधि सेवन गर्नु आवश्यक छ ?

यस्तो पीडा कम गर्न औषधि सेवन गर्नु आवश्यक छ ?

म १४ वर्षीया छात्रा हुँ । मेरो महिनावारी सुरु भएको २ वर्ष भयो । पहिले ठिकै रहे पनि विगत केही महिनादेखि महिनावारीमा अति नै पेट दुख्छ । यस्तो पीडा कम गर्न औषधि सेवन गर्नु आवश्यक छ ?


महिनावारीमा अलिअलि पेट दुख्नु स्वभाविक हो । महिनावारीमा पाठेघर संकुचन हुन्छ । यसरी संकुचन भएका कारणले रगत बाहिर निस्कन्छ तर अत्यधिक रक्तश्राव हुन पाउँदैन । त्यही पाठेघरको संकुचन नै पीडाको कारक हो । महिनावारी हुनु भनेको पाठेघरको भित्री तह इन्डोमेट्रियम टुक्रिनु हो । यस क्रममा विभिन्न किसिमका न्युरोट्रास्मिटरहरू (रसायनहरू) निस्कन्छन् । यीमध्ये विशेषगरी प्रोस्टाग्लान्डिन नामक न्युरोट्रास्मिटर पीडाको मुख्य कारक रहेको पाइन्छ । यो अवस्थामा झोल पदार्थ बढी सेवन गर्ने, तातोले सेक्ने तथा आराम गर्ने । सामान्य पीडाका लागि औषधि सेवन नगरे पनि हुन्छ । पीडा धेरै नै भए वा सहन नसक्ने अवस्थामा मात्र औषधि सेवन गर्नु उपयुक्त हुन्छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}