Home » » ग्राहक महिलामाथि यौनशोषण गर्ने कृषि विकास बैंकका चार कर्मचारी पक्राउ

ग्राहक महिलामाथि यौनशोषण गर्ने कृषि विकास बैंकका चार कर्मचारी पक्राउ

पुस - बैंकको ग्राहक एवं ऋणी महिलालार्ई वर्षौँदेखि यौनशोषण गरेको आरोपमा कृषि विकास बैंकका चार कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बैंककी ऋणी टीकामाया गोलेलार्ई करिब तीन वर्षदेखि जबर्जस्ती करणी तथा यौनशोषण गरेको आरोपमा बैंकको पुतलीसडक शाखाका प्रमुख गेहनाथ पौडेल, तत्कालीन उपप्रमुख एवं हाल कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत थानेश्वर पन्थी, अधिकृत रमेश कुमार भट्टराई र बैंकका सवारीचालक भाइचा महर्जनलार्ई महानगरीय प्रहरीपरिसर टेकु काठमाडौंले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ।
काठमाडौं प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० विश्वराज पोखरेलका अनुसार प्रहरीले पीडित महिला पर्सा जिल्ला विरुवा गुठी गाविस-२ स्थायी ठेगाना भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ साबिक मूलपानी गाविस वडा नं. ४ बस्ने टीकामाया गोलेले यही पुस ७ गते मंगलबार महानगरीय प्रहरीपरिसर काठमाडौंमा दर्ता गराएको किटानी जाहेरी सम्बन्धमा आवश्यक सोधपुछको लागि गत बिहीबार परिसरमा बोलाईएका चारै जना कर्मचारीहरुलार्र्ई हिरासतमा राखेर जिउ मास्ने÷बेच्ने तथा वेश्यावृत्ति मुद्दामा शुक्रबार काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ।

पक्राउ परेका चार जनामध्ये पौडेल, पन्थी र महर्जनले वर्षौँदेखि जबर्जस्ती यौनशोषण गरेको र अधिकृत भट्टराई उनीहरुको सहयोगीको भूमिकामा रहेको आरोप लगाउँदै पीडित महिला गोलेले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। गोलेको जाहेरीमा ‘म जाहेरवाली सामान्य सहीछापसम्म मात्रै गर्नसक्ने अनपढ ग्रामीण महिला हुँ, मैले विगत केही वर्षदेखि काठमाडौं मूलपानी गाउँमा रहेको घरमा घरेलु गलैंचा बुन्ने काम सुरु गरी सोको निम्ति कच्चापदार्थ स्थानीय बजारबाट खरिद गरी आफैंले तानमा बसी बुनी त्यसलार्र्ई स्थानीय बजारमा बेच्ने कार्य गर्दछु। मेरा पति पनि पढेका छैनन्, ज्याला मजदुरीको काम गर्नुहुन्छ।’
उनले आफ्नो उजुरीमा उल्लेख गरेकी छन्, ‘मैले २०६६ सालमा व्यापार व्यवसाय बढाउन तथा घरसमेत निर्माण गर्न कृषि विकास बैंक पुतलीसडक रामशाहपथ शाखाबाट कर्जा लिई बैंकको नियमअनुसार तिर्दै आइरहेकी थिएँ, सोही क्रममा बैंकका कर्मचारी रमेश भट्टराईसँग चिनजान भएको थियो, कर्जा निरीक्षणको सिलसिलामा रमेश भट्टराई मेरो घरमा आउने जाने गर्थे, परिवारमा समेत घुलमिल हुनुभएको थियो ।’ आर्थिक दैनिकबाट

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}