Home » » बालिकामाथि जर्वजस्ती गर्नेलाई पनि माफी ?

बालिकामाथि जर्वजस्ती गर्नेलाई पनि माफी ?

एउटी बालिकामाथि जर्वजस्ती गर्न सरकारी कर्मचारीलाई छुटाउन कर्मचारीहरुको दवाव र उनले माफी मागेको भनेर कारबाही नगरी छाड्न मिल्छ कि मिल्दैन ? यदि मिल्छ भने त्यस्तो कुन कानुन छ ? मिल्दैन भने किन छाडियो ?
अहिले उदयपुरका बालबालिका र अभिभावकबीच यस्तै चर्चा चलिरहेको छ । समाचार हो बालिकामाथि जवरजस्ती गरेको आरोपमा आइतबार पक्राउ परेका जिल्ला शिक्षा कार्यालयका लेखापाल घुँडा टेकेर माफ मागेपछि छाडिएकोे ।


गत शनिबार घरमा एक्लै रहेकी गाईघाटकी १५ वर्षीया बालिकामाथि जवरजस्ती गरेको आरोपमा आइतबार कार्यकक्षबाटै पक्राउ परेका थिए । माफ मागेर मिलापत्र गरेपछि मंगलबार साँझ उनी छुटेका हुन् ।
घरमा अभिभावक नभएका बेला लेखापाल पन्तले बालिकामाथि अभद्र व्यवहार गरेको कुरा बालिकाले सुनाएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
उजुरीसँगै सोमबार विहान स्थानीय महिला सञ्जालले कार्यकक्षमै पुगेर उनलाई हातपात गर्न थालेपछि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुरेन्द्र गुरुङले दुई दिनअघि भएको घटना भन्दै उजुरी आएपछि सोधपुछका लागि निन्त्रणमा लिइएको र मिलापत्रपछि छोडिएको जानकारी दिनुभएको छ ।
पन्तको पक्राउसँगै सबै सरकारी कार्यालयका लेखापाल एक भई काम रोक्नेसम्मको चेतावनी दिएपछि प्रहरीको महिला सेलले बालिकाका आफन्त, जिल्ला बाल क्लब सञ्जाल, सामाजिक अगुवा र महिला सञ्जाल प्रतिनिधि राखेर मिलापत्र गरिएको थियो ।

छलफलमा पन्तले आईन्दा यस्तो घटना दोहोर्याए जस्तोसुकै सजाय भोग्न तयार भएको लिखित कायलनामा गरेपछि आपसी सझदारी आधारमा मिलापत्र गरिएको प्रहरीले जनाइएको छ ।
उता जिल्ला बाल क्लब सञ्जालले भने एक विज्ञप्ति प्रकाशित गर्दै बालिकामाथि भएको दुव्र्यवहारमा माफ मागेकै आधारमा छुट दिइनुले बालअधिकारको उल्लंघन भएको जनाएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}