
|
|
इस्लामाबाद, २९ पुस । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानको क्वेटा सहरमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा १५ सुरक्षा अधिकारीको मृत्यु भएको समाचार छ ।
बलुचिस्तानका गृहमन्त्री सरफाज बुग्तीले उक्त विस्फोटमा मारिनेमा १३ जना प्रहरी र अर्का दुईजना अर्धसैन्य बल रहेको जानकारी दिनुभएको छ । उहाँले प्रारम्भिक रुपमा हेर्दा सो विस्फोट एकदमै शक्तिशाली देखिएको र यसमा परी अरु १२ जना सुरक्षाकर्मी घाइते भएको पनि जानकारी दिनुभयो ।
स्थानीय सञ्चारमाध्यमहरुले बलुचिस्तानका एकजना प्रहरी निरीक्षकलाई उद्धृतगर्दै सो विस्फोटको समाचार दिएका छन् । तर त्यसमा परी भएको क्षतिको पूर्ण विवरण भने नआइसकेको पनि उनीहरुले जनाएका छन् । बालबालिकाकाको लागि खोलिएको पोलियो केन्द्र नजिकै बम हमला भएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
उक्त विस्फोटको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विस्फोटमा कम्तीमा पनि ८ किलोमीटर विस्फोटक पदार्थ विस्फोटक पदार्थको प्रयोग भएको र विस्फोट आत्मघाती प्रकृतिको भएको जानकारी पनि प्रहरीले दिएको छ । रासस/सिन्ह्वा

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

