Home » » नाकाबन्दी नहटेसम्म प्रधानमन्त्री भारत टेक्दैनन्: राज्यमन्त्री चौधरी

नाकाबन्दी नहटेसम्म प्रधानमन्त्री भारत टेक्दैनन्: राज्यमन्त्री चौधरी

१९ पुस, गाईघाट (उदयपुर)।

सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले भारतले अहिले नेपालविरुद्ध अघोषित रुपमा लगाएको नाकाबन्दी नहटाएसम्म वर्तमान प्रधानमन्त्रीले भारत नटेक्ने बताएका छन्।

प्रेस चौतारी नेपाल उदयपुरद्वारा आज सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा उनले एकातिर भारतले नेपालका प्रधानमन्त्रीलाई फोन गरेर भारत भ्रमण गर्न निम्तो दिन्छ्, अर्कातिर नेपालमा अघोषित रुपमा आर्थिक नाकाबन्दी लगाएर नेपाली जनतालाई महासङ्कटमा पार्छ भने ।

भारतले हेपाहा प्रवृित्त देखाएको तथा सीमा नाका र दशगजा क्षेत्रमा भारतीय जनता र सुरक्षाकर्मीलाई नै नेपालविरुद्ध आन्दोलन गर्न मधेसीलाई सघाइरहेको बताउँदै उनले ९०% भन्दा बढी जनप्रतिनिधिद्वारा पारित भएर जारी भएको संविधानलाई १०% प्रतिशत केही आन्दोलनकारीले बन्धक बनाउन खोजिरहेको आरोप पनि लगाए ।

अहिले उत्तरी छिमेकी देश चीनसँगको व्यापारिक सम्झौता गर्न र उत्तरी नाका खोलेर दुई देशबीचको व्यापार सहज बनाउन प्रधानमन्त्री छिट्टै चीन भ्रमणमा जाने उनले बताए। रासस

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}