Home » » आफ्नै मन्त्री र कार्यकर्ताका कारण अप्ठ्यरोमा प्रचण्ड

आफ्नै मन्त्री र कार्यकर्ताका कारण अप्ठ्यरोमा प्रचण्ड

३ माघ, काठमाण्डौं ।
पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारलाई गरेको समर्थन र आफ्नै पार्टीका मन्त्रीका कारण एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अप्ठ्यारोमा परेका छन् ।

पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुले राम्रो काम नगर्नुका साथै प्रधानमन्त्री ओलीले आफ्नै अनुकुल निर्णय गर्दै अघि बढेको भन्दै सरकारको समर्थन फिर्ता गर्न र नभए मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब बढेपछि दाहाल अप्ठ्यारोमा परेका हुन् ।

केही सातादेखि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका दाहालले ओली सरकारलाई गरेको समर्थन फिर्ता लिन सक्ने संकेत समेत दिइसकेको छ । तर यद्यपी दाहालले समर्थन फिर्ता लिन सक्ने घुमाउरो संकेतबाट प्रधानमन्त्री ओलीलाई धम्की र घुर्की देखाए पनि समर्थन फिर्ता लिने अवस्थामा एमाओवादी नरहेको स्रोतले बतायो ।

पार्टी पुर्ननिर्माणको क्रममा तराईका जिल्ला पुगी बास समेत बसेका दाहाललाई कार्यकर्ताले समेत पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीले भ्रष्टचार गरेको, घुस खाएको र प्रभावकारी काम गर्न नसकेकाले चाँडोभन्दा चाँडो फिर्ता बोलाउन दबाब दिएपछि दाहाल अप्ठयारोमा छन् ।

गृहमन्त्री शक्ति बस्नेत, आपूर्तिमन्त्री गणेशमान पुन, सामान्य प्रशासन मन्त्री रेखा शर्माको कार्यशैलीप्रति कार्यकर्ता र पदाधिकारीले नै असन्तुष्ट व्यक्त गर्दै केही सातादेखि फिर्ता बोलाउन दबाब बढेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}