Home » » यि हुन् राजेन्द्र महतो विवादमा आएका र हरेक मधेसीले जान्नै पर्ने सात तथ्य

यि हुन् राजेन्द्र महतो विवादमा आएका र हरेक मधेसीले जान्नै पर्ने सात तथ्य

सदभावना पार्टीका अध्यक्ष चाहिने भन्दा बढी क्रान्तिकारी हुन खोज्दा अहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट पनि पाखा लाग्ने अवस्थामा पुगेका छन्।

गैरमधेसीबीचमा मात्रै होइन महतोको आलोचना मधेसी समुदायमै हुन थालेको छ। आफूलाई मधेसको भूमिपुत्र ठान्ने तर साँठगाँठ विदेश तिर गर्ने भएपछि महतो मधेसीबाटै एक्लिने अवस्थामा पुगेको अनुमान गरिन्छ। महतोबारे धेरै चर्चा र आलोचना हुने पनि गर्छ। महतोबारे उनका अनुयायी वा सच्चा मधेसीले जान्नै पर्ने केही विषय भने छन्।

उस्तै झन्डाः सद्भावना पार्टीको झन्डा तीन रङको छ। भारतको पनि तीन रङको छ। सद्भावनाको झन्डा माथिबाट क्रमशः रातो, सेतो र हरियो छ। भारतको झन्डा पनि माथिबाट क्रमशः रातो, सेता र हरियो छ। फरक यति छ कि सद्भावनाको झन्डाको बीचमा तिर छ, भारतकोमा चक्र छ।

पार्टीको नाममा ‘नेपाल’ छैनः हरेक राजनीतिक दलले पार्टीको नाम राख्दा आफ्नो राष्ट्रको नाम छुटाउँदैनन् । तर सद्भावना पार्टीमा ‘नेपाल’ भन्ने नै छैन। मधेसी जनअधिकार फोरम नेपाल अशोक राईको पार्टीसँग एकता हुँदा पनि सो पार्टीले आफ्नो पुरानो नामको अन्तिममा रहेको नेपाल छाडेन र बन्यो– ‘संघीय समाजवादी फोरम नेपाल’। भारतले नै गठन गरिदिएको भन्ने आरोप खेप्दै आएको तराई मधेस लोकतान्त्रिक पार्टीमा पनि ‘नेपाल’ छैन।

अध्यक्षकै नागरिकता शंकास्पदः सदभावनाका अध्यक्ष राजेन्द्र महतोको नागरिकतामा धेरैले शंका व्यक्त गरेका छन् । राजेन्द्र महतोले सर्लाहीबाट २०२७ सालमा किर्ते गरी नागरिकता लिएको र उनका बाबुले २८ सालमा नागरिकता लिएको दावी गरिन्छ। उनको नागरिकता छानविन हुनु पर्ने उजुरी अख्तियारदेखि गृहमन्त्रालयसम्म पुगेको छ। तर ६२ सालमा माओवादीले सर्लाही प्रशासनमा आगो लगाएपछि महतोले नागरिकता लिन पेश गरेको कागजपत्र जलेको बताइन्छ।

भारत प्यारो, काठमाडौँ दुश्मनः मधेस आन्दोलन सुरु भएपछि सदभावनाका अध्यक्ष राजेन्द्र महतोले एक पटक भारतीय मिडियालाई भने, ‘मधेसको मामिलामा भारतले जे ठीक भन्छ, त्यही ठीक हुन्छ ।’ आन्दोलन अहिले पनि जारी छ । महतो अझै काठमाण्डु आएका छैनन् । उनले यसबीच नेपालमा आन्दोलन गर्न भारतमा भात खाने, जन्ति झै भारतबाट आन्दोलनकारी लिएर नेपाल छिर्ने, भारतीय झन्डा ओढेर फोटो खिचाउँने, चीनको झन्डा जलाउँनेलाई समर्थन जस्ता हर्कत गरे । जुन आम मधेसीका लागि पनि जायज लागेन ।

महतोकै पार्टी एकल जातीयः महतोको मान्यता नेपालमा सबै जातजातिको समानुपातिक समावेशी प्रतिनिधित्व हुनु पर्छ भन्ने हो । तर महतोकै पार्टी सद्भावनामा एकल जातिको वर्चस्व छ । उनको पार्टीमा धेरैजसो मधेसी छन् । दलित, मुस्लिम, पहाडी छैनन् । उनको पार्टीले महिलालाई दोस्रो दर्जाको मानिस ठान्छ भन्ने प्रमाण राष्ट्रपति जनकपुर जाँदा उनका कार्यकर्ताले गंगाजल छर्केर पवित्र पारेको घटनाले पुष्टि गर्छ । महिलालाई अवसर दिँदा सबैभन्दा पहिले अध्यक्ष महतोले आफ्नै पत्नी सहीलदेवी महतोलाई सभासद बनाए ।

महतोका काठमाडौँमा तीनवटा घरः मधेस र मधेसीप्रति माया देखाउनु अध्यक्ष राजेन्द्र महतोको देखावटी मात्रै हो भन्ने उनको स्वाङमात्रै हो भन्ने काठमाण्डुमा रहेका उनका आलिसान महलहरुले नै पुष्टि गर्छ । मधेसवादी भनेर प्रमाणित गर्न उनी आन्दोलनपछि काठमाण्डु आएका छैनन् । तर उनले सम्पत्ति भने काठमाण्डुमै जोडेका छन् । उनको वा उनको अधिकार भएका तीन वटा आलिसान महल काठमाण्डुमा रहेको दावी जानकारहरु गर्छन् । उनको आधिकारिक घर तस्बिरमा भएकै हो । पहाडे शोषक वर्गले पेलेको निरिह मधेसीको यो घरबाटै प्रष्ट हुन्छ, महतो वास्तवमा कति अपहेलित र शोषित छन् भन्ने ।

पटक–पटक मन्त्रीः मधेसीका लागि सिन्को भाँचेनन्ः नेपालको इतिहासमा पटक पटक मन्त्री हुने अवसर पाउनेमा जनजाति नेताहरु खोज्ने हो भने बिरलै भेटिन्छन् । बलबहादुर राई चार पटक मन्त्री भए । अन्य कुनै पनि जनजाति नेताले यो सौभाग्य पाएका छैनन्। तर मधेसीको कुरा गर्दा गजेन्द्र नारायण सिंह पाँच पटक, शरतसिंह भण्डारी चार पटक, जेपी गुप्ता चार पटक र राजेन्द्र महतो पनि चार पटक मन्त्री भएका छन् । थारुमा विजय गच्छदार ८ पटक मन्त्री भएका छन्।
पटक पटक मन्त्री भएर पनि मधेसीले केही पाएनौ भन्ने महन्थ ठाकुर पनि छ पटक मन्त्री भएका छन् । तर यीनले पटक पटक मन्त्री हुँदा गरेको कुनै एउटा राम्रो काम खोज्न मुस्किल हुन्छ । महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादवको गृह जिल्ला सर्लाही हो । भलै यीनीहरुले देशका लागि केही गरेनन्, कम्तिमा आफ्नो जिल्ला, आफ्नो निर्वाचन क्षेत्रका लागि केही गरेकी रु भनेर खोज्ने हो भने पनि केही पाइदैन । सर्लाही अहिले पनि मधेसको पिछडिएकै जिल्लामा पर्छ । काठमाण्डु टुडेबाट

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}